ट्रेण्डिङ

होमपेज / समाज

चीनका प्रख्यात व्यवसायी ज्याक माले नेपालसहित ९ एसियाली मुुलुकलाई सहयाेग गर्ने

नेपालगाथा २०७६ चैत्र ८ गते शनिबार १६:०५:३८ मा प्रकाशित

काठमाडौं । चीनका प्रख्यात व्यवसायी ज्याक माले नेपालसहित ९ एसियाली मुुलुकलाई कोरोना भाइरस (कोभिड १९) सँग जुझ्न आवश्यक स्वास्थ्य सामाग्री उपलब्ध गराउने घोषणा गरेका छन् । उनले १० लाख मास्क, २ लाख १० टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र थर्मोटिर दिने बताएका हुन् । शनिबार विहान एक ट्वीट गर्दै ज्याक माले भनेका छन्, यो चाँडै पुर्‍याउन सहज छैन, तर हामी यो सम्पन्न गर्नेछौं ।’सहयोग दिइने मुुलुकमा नेपालसँगै अफगानिस्तान, बंगलादेश, कम्बोडिया, लाओस, माल्दिभ्स, म्यानमार, पाकिस्तान र श्रीलंका पनि छन् । तर कुन मुलुकलाई कति दिने भन्ने उल्लेख गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top