ट्रेण्डिङ

होमपेज / समाज

घरदैलोमै पुगेर चनचेतना फैलाउन जनप्रतिनिधि र स्वास्थ्य कर्मीलाई  निर्देशन

कोरोना  भाइरसविरुद्ध

नेपालगाथा २०७६ चैत्र ७ गते शुक्रबार २१:५०:५७ मा प्रकाशित

चामुण्डा (दैलेख) । चामुण्डा विन्द्रासैनी नगरपालिकाका नगरप्रमुख  सूर्यबहादुर शाहीले नागरिकको घरदैलोमा पुगेर कोरोना भाइरसविरुद्ध चनचेतना फैलाउन जनप्रतिनिधि र स्वास्थ्य कर्मीहरुलाई निर्देशन दिएका छन् । शुक्रबार नगरप्रमुख शाहीले प्रेस विज्ञप्ती जारी गर्दै नागरिकको स्वास्थ्यभन्दा ठूलो केही नभएकाले घरदैलोमा  पुगेर भाइरसविरुद्ध जनचेतना फैलाउन आग्रह गरेका छन् । 
साथै भाइरसबाट बच्न सार्वजनिक समारोह, २५ जनाभन्दा बढी नागरिकहरु जम्मा नहुने अत्यावश्यक दैनिक काम बाहेक हिड्हुल नगर्न  बिरामीलाई अस्पताल तथा स्वास्थ्य चौकीमा बिरामी भेट गर्न अति आवश्यक बाहेक अस्पताल नजाने, मेला पर्व भिडमा बिना काम नजाने, जानैपर्ने अवस्थामा आवश्यक सतर्कता अपनाउन  नगरबासीलाई प्रेस विज्ञप्ती मार्फत अपिल गरेका छन् ।  
यसैगरी नगरबासीको स्वास्थ्य सुरक्षाका विषयमा यो नगरपालिका प्रतिबद्ध रहेको जानकारी गराउँदै सबैलाई आ–आफ्नो स्वास्थ्य अवस्थाबारे सचेत रहन, रोकथामका उपायहरु अवलम्वन गर्न प्रेस विज्ञप्तीमा उल्लेख गरेका छन् । 
यसैगरी शुत्रबार नै स्वास्थ्य व्यवस्थापन समितिको बैठक बसी नगरपालिकाका प्रमुख नाकाहरुमा भाइरसविरुद्ध जनचेतना फैलाउन र चेकजाँच गर्न हेल्थ डेक्स स्थापन गर्ने निर्णय भएको नगरपालिका नायब सुब्बा लोकेशकुमार शाहीले जानकारी दिए । 
कर्णाली राजमार्गबाट नगरपालिका आउने मुख्य प्रवेशद्वार साङ्गेतडा र मध्य पहाडी राजमार्गको प्रमुख प्रवेशद्वार लैनचौर र नगरपालिकाको सदरमुकाम जम्बुकाँधमा हेल्थ डेक्स स्थापना गर्ने निर्णय भएको उनको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top