ट्रेण्डिङ

होमपेज / समाज

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै

कोभिड-१९बाट थप सजगताका लागि 'लकडाउन'को तयारी 

नेपालगाथा २०७६ चैत्र ७ गते शुक्रबार १४:४६:५६ मा प्रकाशित

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। 

सम्बोधन मार्फत प्रधानमन्त्री ओलीले कोभिड-१९ को जोखिमबाट जोगिन केही महत्वपूर्ण घोषणा गर्नेछन्।

बालुवाटारस्थित प्रधानमन्त्री निवासबाट गरिने सम्बोधन आज बेलुकी ५ बजेका लागि तय भएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताए।

सरकारले तीन दिन अघि कोभिड-१९ को संक्रमणबाट जोगिन शिक्षण संस्था बन्द गर्ने, सबै परीक्षाहरू स्थगित गर्ने र २५ जनाभन्दा बढी भेला हुन रोक लगाउँदै जमघट हुने सबै गतिविधि बन्द गर्ने निर्णय गरेको थियो। 

कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन थप सावधानीस्वरूप सरकारले देशको एक भू-भागबाट अर्को भू-भागमा हुने आवागमन समेत रोक लगाउने (लकडाउन) तयारी समेत गरेको छ।

आज साँझ बस्ने कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले यस्तो निर्णय गर्ने तयारी गरेको छ। यसबारे उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आजै छलफल गरिसकेका छन्।

समन्वय समितिको बैठक आज साँझ साढे ६ बजेका लागि तय भएको छ। देखापढी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top