ट्रेण्डिङ

होमपेज / समाज

बिहीबारबाट देशभरका हल बन्द

नेपालगाथा २०७६ चैत्र ७ गते शुक्रबार ११:४४:०० मा प्रकाशित

सुर्खेत l बिहीबारबाट देशभरका चलचित्र हल बन्द भएका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै सरकारले देशभरका हल बन्द गर्ने निर्णय गरेसँगै हल सञ्चालकहरुले सूचना जारी गर्दै वैशाख १८ गतेसम्मलाई हल बन्द गर्ने निर्णय गरेका हुन् । चलचित्र संघले पनि विज्ञप्ती जारी गर्दै बिहीबारबाट वैशाख १८ गतेसम्मलाई सम्पूर्ण हल बन्द गर्न निर्णय गरेको हो । देशको सबैभन्दा ठूलो चेन मानिने क्यूएफएक्सले आफ्नो वेवसाइटमा जनताको सुरक्षा पहिलो प्राथमिकता भएको भन्दै हल वैशाख १८ गतेसम्मलाई बन्द भएको जानकारी दिएको छ ।

चैत्र महिनामा नेपाली चलचित्रले राम्रो व्यापार गर्ने गरेका छन् । अझ, नयाँ वर्षको वरिपरी रिलिज हुने चलचित्रको व्यापार उत्साहजनक भएको पाइन्छ । तर, यो वर्ष कोरोनाका कारण नयाँ वर्षमा पनि चलचित्र रिलिज नहुने निश्चित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top