ट्रेण्डिङ

होमपेज / समाज

बालबालिकासँग जन्मदिन मनाइन् आँचलले 

नेपालगाथा २०७६ चैत्र ६ गते बिहीबार ०९:२९:४४ मा प्रकाशित

सुर्खेत । नायिका आँचल शर्माले बालबालिकासँग जन्म दिन मनाएकी छन् । आँचल शर्मा बुधबारबाट २३ वर्ष पूरा भएर २४ वर्षमा प्रवेश गरेकी छिन् । उनै, आँचलले गोकर्णमा रहेको एक बाल गृहमा पुगेर जन्मदिन मनाएकी हुन् । ‘संयुक्त अपाङ्ग एकता आवाज केन्द्र’का बालबालिकासँग आँचलले जन्मदिन सेलिव्रेसन गरेकी हुन् । गतवर्ष पनि उनी यही केन्द्रमा जन्मदिन मनाउन पुगेकी थिइन् । 
यो केन्द्रमा ४८ जना बालबालिका रहेका छन् । नायिका शर्माले बालबालिकाहरुलाई खानेकुरा वितरण गरेकी थिइन् । यस्तै, उनी बालबालिकाहरुका लागि चामल, दाल, तरकारी लगायतका खाद्यान्न लिएर केन्द्रमा पुगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top