होमपेज / समाज
युरोपिय फुटबल महासंघले युरो कप २०२१ सम्मका लागि स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण युरोप भर फैलिरहेकाले युरो २०२० आगामी जुन १२ देखि जुलाई १२ सम्म युरोपका १२ देशमा खेलाउने तय भए पनि स्थगित गरिएको हो । युरो कप २०२० स्थगित गरेसँगै यो सिजन स्थगित युरोपका विभिन्न देशका लिग, युरोपा लिग र च्याम्पियन्स लिगका खेल सकिने विश्वास गरिएको छ । लिगहरु प्रभावित भएको अवस्थामा युरोपियन फुटबलको तालिका नै अस्तव्यस्त हुने भएकाले युरो कप स्थगित गरिएको हो ।