होमपेज / समाज
गगन खड्का, सुर्खेत । यूएसएआईडिको आर्थिक सहयोग, एफ एच आई ३६० र सुन्दर नेपाल संस्थाको साझेदारीमा सञ्चालित पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत संस्थाको पैरवी क्षमता विश्लेषण सुचक सम्वन्धी तिन दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । सुन्दर नेपाल संस्थाको संस्थागत २०७६ चैत २ गते देखि ४ गतेसम्म संचालन भएको सो कार्यशालामा संस्थाले हालसम्म गर्दै आईरहेको पैरवी र त्यसको अवस्थावारे छलफल भएको थियो । पैरवी क्षमताका सुचकहरुका आधारमा गरीएको विश्लेषणमा संस्थाले हालसम्म गरेको कामको मुल्याकंन र मापन गरीएको थियो ।
सो विश्लेषण संस्थाले गर्दै आएका पैरवीका सवालका रुपमा पहिलो पटक गर्दा संस्था अन्र्तगत चलिरहेका पैरवीका सवालहरुमा छलफल गर्नुका साथै सुधार गर्नुपर्ने क्षेत्रहरु धेरै भएको भएता पनि निरन्तर चौथौ चरणमा पैरवीका सवालहरु सम्वोधनको अवस्थामा पुग्न थालेको निष्कर्ष निकालिएको थियो । पारस्परिक जवाफदेहिता परियोजना अन्र्तगत संचालन भएको सो गोष्ठीमा संस्थाका अध्यक्ष लगायत पदाधिकारी, कार्यकारी निर्देशक र परियोजनासंग सम्वन्धित कर्मचारीहरु सहभागीता रहेको थियो ।
सो छलफलमा संस्थाद्धारा संचालित विभिन्न कार्यक्रमलाई पैरवीसंग जोडेर अगाडी लैजानुपर्ने आवश्यकता महशुस गर्दै त्यस्तो गर्न सकिए दिर्घकालिन रुपमा वर्ग, क्षेत्र र समुदायका सवाल सम्वोधनमा प्रभाव पार्ने सहभागीको धारणा रहेको थियो । सो कार्यशालामा संस्थागत रुपमा आगामी दिनमा विभिन्न सवालहरुको पैरवी गर्न कार्य योजना पनि निर्माण गरिएको थियो । कार्यक्रममा सुन्दर नेपाल संस्थाका अध्यक्ष हेम प्रकाश भुषालले कार्यसमिति र कर्मचारीले आ आफ्नो जिम्मेबारीमा रहेको कामलाई सम्पन्न गर्न र पैरवी क्षमता विश्लेषणलाई संस्थाले संस्थागत गर्दै निरन्तरता दिएर संस्थालाई माथि उठाउन सकिने र संस्थालाई सुदृढ र बलियो बनाउन सहयोग पुग्ने बताए ।
सो काय्शालाको सहजीकरण एन एन एस डव्लु एका कार्यक्रम व्यबस्थापक विनोद विक्रम जैरुले कार्यक्रमको सहजीकरण गरेका थिए ।