ट्रेण्डिङ

होमपेज / समाज

अष्ट्रेलियामा कोरोनाबाट अहिलेसम्म पाँच जनाको मृत्यु

नेपालगाथा २०७६ चैत्र ३ गते सोमबार १७:५०:१५ मा प्रकाशित

विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरसको संक्रमणबाट अष्ट्रेलियामा पाँच जनाको मृत्यु भएको छ। शनिबार थप दुई जनाको मृत्यु भएको अष्ट्रेलियन स्वास्थ्य विभागले जनाएको छ। मृत्यु हुनेमा ९० र ७७ वर्षीय वृद्ब महिला रहेको त्यहाँ स्थित अष्ट्रेलियाको स्वास्थ्य विभागले बताएको छ। यस भन्दा अगाडी तीन जना ७८, ८२ र ९५ वर्षे पुरुषको मृत्यु भइसकेको छ। ९० वर्षीय वृद्बा महिलाको डोरोथी केयर गृहमा उपचार गराइरहेको अवस्थामा मृत्यु भएको थियो। ७७ वर्षीय वृद्बा शुक्रबार ब्रिसबेनबाट सिडनी गएकी थिइन। उनलाई विमान भित्र कोरोनाको लक्षण देखिएपछि उपचार्थ अस्पताल भर्ना गराइएको थियो।

सोही दिन उनको मृत्यु भएको त्यहाँ स्थित स्वास्थ्य विभागले जनाएको छ। उनलाई पनि कोभिड(१९ को संक्रमित भएको क्वीन्सल्याण्ड हेल्थ केयरका प्रवक्ताले जानकारी दिए। स्वास्थ्य विभागले निकालेको विज्ञप्तिमा 'मृतकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई खोजी कार्य जारी छ। यस दुखःद घडीमा परिवार तथा आफन्त जनमा हाम्रो संवेदना छ।' एजेन्सी ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top