होमपेज / समाज
सुर्खेत, नेपालगाथा डटकमका सम्पादक त्रिभुवन बिसी सम्मानित भएका छन् । रुपान्तरण नेपालले आयोजना गरेको कर्णाली सभ्यता माथिको बहस तथा सम्मान कार्यक्रममा सम्पादक बिसीलाई सम्मान गरिएको हो । बिसीलाई रुपान्तरण नेपालले गरेका विभिन्न गतिविधिको समाचार प्रकाशन प्रशारण गरे बापत सम्मान गरिएको रुपान्तर नेपालका अध्यक्ष मोहन शाहीले बताउनुभयो ।
बिसीलाई रुपान्तरण नेपालका अध्यक्ष मोहन शाही, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कदर पत्र र खादासहित सम्मान गरेका हुन् । कार्यक्रममा बिसीसहित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर नन्दबहादुर सिंह, यूमी नेपालका सरद राई, कर्णाली प्रदेशका युवा वैज्ञानिक राजेन्द्र बिष्टलगायत अन्य विभिन्न संस्थाका प्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो । सम्पादक बिसी कर्णाली पत्र दैनिकको प्रवन्ध सम्पादक समेत हुनुहुन्छ ।