ट्रेण्डिङ

होमपेज / समाज

जुम्लामा भारी हिमपात विमानस्थल बन्द

नेपालगाथा २०७६ चैत्र १ गते शनिबार १७:४३:२८ मा प्रकाशित

हस्त बुढा, जुम्ला । शुक्रबार परेको भारी हिमपातका कारण जुम्ला विमानस्थल बन्द भएको छ । धावनमार्गमै हिउँ जमेपछि शुक्रबारबाट कुनै पनि उडान नभएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुम्लाले जानकारी दिएको छ । जुम्लामा रहेको एउटा मात्र विमानस्थल बन्द हुँदा आवतजावत ठप्प भएको छ । त्यो बाहेक हिमपातका कारण जिल्लाका विभिन्न ठाउँमा राखिएका मोबाइल टावरमा समेत समस्या आएको स्थानीयले बताएका छन् ।

बेमौसममा परेको हिमपातका कारण जुम्लाको तापक्रम शुन्यमा झरेको छ भने जनजीवन कष्टकर बनेको छ । प्रत्येक वर्ष हिउँदको समयमा धेरै पटक हिउँ पर्ने भए पनि यो वर्ष अघिल्लो वर्षभन्दा धेरै हिउँ परेको तिला गाउँपालिका १ का किसान नरजित बुढाले बताए  । तर फागुन अन्तिममा वर्षातसँगै हिउँले यहाँका स्थानीयले लगाइएको बालीनालीलाई फाइदा पुग्नुका साथै पशुवस्तुका लागि खर उम्रनलाई सहयोग पुग्ने रावतको भनाई छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top