ट्रेण्डिङ

होमपेज / समाज

तोलामा तीन हजारले घट्यो सुन

नेपालगाथा २०७६ चैत्र १ गते शनिबार १६:१८:२९ मा प्रकाशित

काठमाडौँ । निरन्तर उकालो लागेको सुनको भाउ अघिल्लो दिनको तुलनामा शुक्रबार अनपेक्षित रूपमा तीन हजार रुपैयाँले घटेको छ । बिहीबार ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको प्रतितोला छापावाल सुन शुक्रबार ७८ हजार ५०० रुपैयाँमा झरेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ । अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेकाले मूल्य तलमाथि भइरहेको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार गत मङ्गलबार तोलाका ८२ हजार ७०० रुपैयाँमा कारोबार भएकोे पहेँलो धातुको मूल्यमा बुधबार २०० रुपैयाँले कमी आएको थियो भने बिहीबार ८०० रुपैयाँले घटेको थियो । चाँदीको मूल्यमा पनि ४० रुपैयाँले गिरावट आएको छ । शुक्रबार असली चाँदीको मूल्य ८२० रुपैयाँ कायम भएको छ । रासस ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top