होमपेज / समाज
विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमणलाई विश्वव्यापी स्वास्थ्य संकट घोषणा गरेलगत्तै यो संक्रमणबारे जानकारी दिन इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले टेलिफोन हटलाइन सुविधा शुरु गरेको छ । भोलिबाट शुरु हुने यो सुविधाका लागि १११५ मा फोन गर्नुपर्नेछ, जहाँ इपिडियोमोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका चिकित्सकहरूले कोरोनाका लक्षण बच्ने उपायसाथै अस्पतालले दिने सेवाका विषयमा जानकारी दिनेछन् ।
आजबाट कल सेन्टरमा महाशाखाका प्रतिनिधि उपलब्ध हुनेछन् । तत्काल उपलब्ध नभए महाशाखाले नै तपाईंलाई कलब्याक गर्नेछ । महाशाखाले हाल दैनिक सय जनाको कोरोना भाइरस भए, नभएको ल्याव टेष्ट गर्न सक्ने क्षमताको ल्याव जडान गरेको छ । महाशाखाका अनुसार हालसम्म ४ सय ५० जनाको परीक्षण गरिएकोमा एक जनामा संक्रमण देखिए पनि संक्रमित निको भइसकेका छन् । महाशाखाले २ वटा ल्याव तयारी अवस्थामा राखेको छ ।