ट्रेण्डिङ

होमपेज / समाज

व्यवस्थापकीय चुनौतीले बजेट खर्च भएन – मन्त्री ज्वाला 

नेपालगाथा २०७६ फाल्गुण ३० गते शुक्रबार १५:४८:३१ मा प्रकाशित

कर्णाली प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले व्यवस्थापकीय चुनौतिका कारण अपेक्षा अनुसार बजेट खर्च हुन नसकेको बताएका छन् । संघीयता पछिको पहिलो अभ्यास प्रदेश सरकार भएकाले पनि व्यवस्थापनमा धेरै समय लागेको उनको भनाई छ । बिहीबार वीरेन्द्रनगरमा आर्थिक पत्रकार समाजले आयोजना गरेको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले केन्द्रमा सबै व्यवस्थित र प्रर्याप्त मात्रामा कर्मचारी भएकोले धेरै बजेट खर्च हुने तर त्यही अनुपातमा प्रदेशमा व्यवस्थापकीय चुनौती प्रर्याप्त मात्रामा कर्मचारी नहुँदा बजेट खर्चमा समस्या भएको बताए ।

मन्त्री ज्वालाले दोस्रो चौमासिकसम्म पुग्दा प्रदेशबाट सञ्चालन भएका योजनाहरुको काम धरै अघि बढेको भन्दै भुक्तानी नहुँदा कम बजेट खर्च भएको पाइए पनि क्रमिक रुपमा सुधार हुँदै गएको बताए । संघियताको पहिलो अभ्यास प्रदेश सरकार हो । उनले थपे, ‘बजेट खर्च किन भएन, भन्ने कुरामा समिक्षा गर्दैछौँ । चालु आवमा ५० देखि ६० प्रतिशतभन्दा बढी बजेट खर्च बढ्छ । एउटा योजनामा आएको बजेट अर्को योजनामा हालिएको कुरा प्रति लक्षित गर्दै मन्त्री ज्वालाले सरकारले बजेट खर्च हुने ठाउँमा बजेट थप्ने र कम हुने ठाउँमा घटाउने स्पष्ट पारे ।

पत्रकारहरुलाई आलोचना मात्रै नभएर समस्या समाधान सहितका समाचारमा ध्यान दिन आग्रह गर्दै उनले आर्थिक व्यवस्थापनमा पत्रकारको भूमिका पनि उल्लेखनिय भएको बताए । हाल प्रदेशमा तमाम स्रोत साधन, दुनियाँका महंङ्गा जटिबुटी, खानीहरु रहेको भन्दै उनले तीनको सदुपयोग भएको अवस्थामा कर्णाली आर्थिक समृद्धिमा अघि बढ्ने बताए । पछिल्लो समयमा प्रदेशका विभिन्न स्रोत 
साधनको विकाससँगै राजस्व संकलनमा पनि सुधार हुँदै गएको भन्दै उनले जडिबुटी, खानी प्रसोधन गरेको अवस्थामा झनै राजस्व वृद्धि हुने बताए । फरक प्रसंगमा मन्त्री ज्वालाले विश्वभर महामारीको रुपमा फैलिएको कोराना फैलिन नदिँन प्रदेश सरकार पहिलेदेखि नै सचेत हुने बताए । 

कार्यक्रममा आर्थिक पत्रकार समाजका केन्द्रीय अध्यक्ष भीम गौतमले कर्णालीको आर्थिक विकासका लागि आर्थिक पत्रकार समाजको पनि भूमिका महत्वपूर्ण हुने बताए । साथै सार्वजनिक खर्च कसरी पारदर्शी बनाउने, करलाई कसरी सदुपयोग गर्न सकिन्छ भन्ने आफूहरुको प्रमुख चाहना भएको बताए । पत्रकारहरुलाई समाचार संकलनको आइडियाको बारेमा आफ्नो प्रस्तुति राख्दै उनले आर्थिक क्षेत्रमा अब्बल हुनुपर्ने बताए । कार्यक्रममा कर्णाली प्रदेश लेखा नियन्त्रक मानबहादुर बमले अन्तरवित्तिय व्यवस्थापनका सवालहरुको विषयमा आफ्नो प्रस्तुति राखेका थिए । भने सार्वजनिक वित्त प्रवन्धनसम्बन्धी आफ् पिइएफएका संयोजक सुशील पाण्डेले जानकारी दिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top