ट्रेण्डिङ

होमपेज / समाज

सोरु गाउँपालिकाको सीमामा हेल्थ डेक्स

नेपालगाथा २०७६ फाल्गुण ३० गते शुक्रबार १५:४२:२७ मा प्रकाशित

सुर्खेत । विश्वभर फैलिरहेको नोवेल कोरोना भाइरस (कोभिड–१९) विरुद्ध मुगुको सोरु गाउँपालिकामा पनि सतर्कता बढाइएको छ । गाउँपालिका प्रवेश गर्ने हुम्लासँग जोडिएको धैनकोटकोे दोभाव, हुम्लासँगै जोडिएको तुम्चको बालुकुना र सोरुकै तारापानीमा हेल्थ डेक्स स्थापना गरिएको सोरु गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कर्णबहादुर साउदले जानकारी दिए । 
डेस्क स्थापना भएसँगै शंकास्पद बिरामीदेखि अपरिचितलाई समेत परीक्षण गरिने प्रमुख साउदको भनाई छ । कोरोना भाइरसको सतर्कता बढाउँदै शंकास्पद बिरामी परीक्षण तथा उपचारका लागि कर्णाली प्रदेश भित्रिने सीमावर्ती नाकामा पनि अस्थायी हेल्थ डेक्स स्थापना गरिएको हो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top