होमपेज / समाज
प्रेरणाको स्रोतः
आमा बुवाको योगदानले म यहाँसम्म आइपुगेको छु । उहाँहरुले मलाई सानै उमेरदेखि हुर्काएर राम्रो शिक्षा दिनुभयो, पढेर जागिर खानुपर्छ भन्ने मानसिकता तयार पारिदिनुभयो ।
खुशी र दुःखको क्षण
खुशीः हाम्रो स्थानीय तहले प्रत्येक वर्ष ७० वर्ष भन्दा बढीका वृद्धहरुलाई प्रत्येक वर्ष न्यानो कपडा प्रदान गर्ने गर्दछ । त्यो प्रदान गरिसकेपछि उनीहरु खशी भएको देख्दा मलाई पनि एकदमै खुशी लाग्छ ।
दुःख ः तत्कालीन द्वन्द्वकालमा नेपाल आर्मीले व्यापार गर्दै गरेको मलाई आँखामा पट्टी बानेर खाडलमा राखेर हतियार ते¥याएर तेरो अन्तिम दिन आज हो । अब म मर्छस्भन्दा एकदमै दुःख महशुस गएको थिएँ ।
लक्ष्यः समाजलाई रुपमान्तरण गर्नुपर्छ समयमा भएको भ्रष्टाचारलाई अन्त्य गरेर समाजमा भएको सम्भावनालाई प्रयोग गरेर समाजलाई आत्म निर्भर बनाउने लक्ष्य छ ।
मनपर्ने ठाउँ÷गन्तव्य
मनपर्ने ठाउँः मलाई मनपर्ने ठाउँ आफ्नै स्थानीय तह हो । यहाँका हरेक ठाउँहरु मलाई एकदमै मन पर्छन् । यहाँका पर्यटकीय क्षेत्रहरु, लेख डाँडाहरु मलाई एकदमै मन पर्छन् ।
गन्तव्यः म नेपालका अधिकांश क्षेत्रहरु घुमेको छु । सबै ठाउँहरु मलाई एकदमै मन पर्छन् । त्यो बाहेक म भारत, मलेशिया, सिङ्गापुर, बैकक, इन्डोनेशिया, चाइनालगायतका देशहरु घुमेको छु ।
अध्ययन र मनोरञ्जन
अध्ययनः विभिन्न सांस्कृतिकसँग सम्बन्धित किताबहरु, राजनितिसम्बन्धी किताबहरु एकदमै मन पर्छन् । त्यो बाहेक पत्रपत्रिका र अन्य लेखहरु मलाई मन पर्छन् ।
मनोरञ्जनः स्थानीय तहका जताहरुसँगै बस्ने, खाने उनीहरुसंगै रमाइलो गर्ने, उनीहरुको खुशीमा नै रमाएर मनोरञ्जन लिने गरेको छु ।