ट्रेण्डिङ

होमपेज / समाज

आज पनि हावाहुरीसहित पानी पर्ने

नेपालगाथा २०७६ फाल्गुण ३० गते शुक्रबार ११:३९:५९ मा प्रकाशित

काठमाडौं । आज दिउँसो मध्य र पश्चिमका धेरै जसो स्थानमा पानी पर्ने संभावना छ। पश्चिमी न्युन चापिय प्रणालीका कारण प्रवेश गरेको पश्चिमी वायुको प्रभावका कारण मध्य र पश्चिमका धेरैजसो स्थानमा मेघ गर्जन, हावा हुरी र चट्याङसहित पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका मौसमवीद् राजु प्रधानाङ्गकाअनुसार मध्य र पश्चिमका हिमाली तथा उच्च पहाडी भेगमा हिमपात पनि हुनेछ। विहानैदेखि धुम्मिएको काठमाडौंमा पनि दिउँसो पानी पर्ने सम्भावना रहेको उनले जनाए।

पश्चिमी वायु, बंगालको खाडीबाट उत्पन्न जलबाष्पयुक्त हावा र नेपालमा अहिले प्रि–मनसुनको समय चलिरहेकाले मौसम बदली भई वर्षा र हिमपात हुने मौसमविद् प्रधानाङगले जानकारी दिए।  अस्तिदेखि देशको पश्चिमी क्षेत्रबाट वर्षा र हिमपात हुन सुरु गरेको हो। उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र देशका विभिन्न स्थानमा मेघ गर्जन, हावाहुरी र चट्याङसहित पानी पर्ने भएकाले सचेत रहन महाशाखाले आग्रह समेत गरेको छ।

भोलि बेलुका वा पर्सीदेखि देशको पुर्वी क्षेत्र हुँदै पश्चिमी न्युन चापिय प्रणाली बाहिरीने र त्यसपछि मौसममा सुधार हुने मौसमबीद् प्रधानाङगले बताए।  गएराती पश्चिमका केही स्थानमा पानी परेको थियो। काठमाडौं उपत्यकाको न्युनतम तापक्रम आज विहान १० डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २५ देखि २७ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाले जनाएको छ। 

प्रतिक्रिया

सम्बन्धित खवर

Top