ट्रेण्डिङ

होमपेज / समाज

चोक–चोकमा होर्डिङ बोर्ड

नेपालगाथा २०७६ फाल्गुण २९ गते बिहीबार १६:२६:२५ मा प्रकाशित

सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरका चोक–चोकमा होर्डिङ बोर्ड राखेको छ । बधुबार बजार क्षेत्रमा सात वटा स्थानमा जनचेतनामूलक हार्डिङ बोर्ड राखिएको हो । बजार क्षेत्रमा बढ्दो दुर्घटनाहरु न्युनीकरण गर्न बसपार्क एरिया, बजार, मुलपानी, तिनकुने, खजुरा र एरिचोकमा जनचेतनामूलक होर्डिङ बोर्ड राखिएको हो । महालक्ष्मी विकास बैंक लिमिटेड सुर्खेत शाखाको सहयोगमा उक्त बोर्ड राखिएको ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख उदयसिंह सिजापतिले जानकारी दिए । 

बोर्डमा पार्किङ एरिया, पार्किङ निषेध, गति निषेध, गति सीमित, झुन्डियार यात्रा नगरांै, जस्ता कुराहरु राखिएको छ । बंैकका शाखा म्यानेजर सुरज बयलकोटीले राष्ट्र बैंकको निर्देशन अनुसार सामाजिक क्षेत्रमा लगानी गरिएको बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top