ट्रेण्डिङ

होमपेज / समाज

सुर्खेतपहिचान दैनिक पुनः प्रकाशन

नेपालगाथा २०७६ फाल्गुण २९ गते बिहीबार ११:५४:४० मा प्रकाशित

सुर्खेत । वीरेन्द्रनगरबाट प्रकाशित भइरहेको सुर्खेतपहिचान दैनिक पुनः प्रकाशनमा आएको छ । बेचुलाल चौधरीको संयोजकत्वमा प्रकाशक पञ्चसिंह रोकाय र जीवनकुमार शाक्यको सम्पादकत्वमा सुर्खेतपहिचान दैनिक पुनः प्रकाशन शुरु गरिएको हो । बुधबार पत्रिकाको लोकापर्ण गर्दै वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उपप्रमुख मोहनमाया ढकालले सुर्खेतपहिचान दैनिक आवाज विहिनहरुको आवाज बन्न सकोस् भन्दै शुभकामना दिइन् । साथै उनले चाँडै नै स्थानीय सरकारले एक छलफल चलाई मिडियासँग स्थानीय सरकारले सहकार्य गर्ने उनको भनाई थियो । गत जेठ २९ गते तत्कालीन प्रकाशक एवम् सम्पादक नन्दबहादुर गेलाङको टिप्परको ठक्करबाट निधन भएपछि सुर्खेतपहिचान दैनिकको प्रकाशन रोकिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top