ट्रेण्डिङ

होमपेज / समाज

लुकाई छिपाई अवैध रुपमा बाहिरी मुलुक लैजान लागेको रकम सहित पक्राउ

नेपालगाथा २०७६ फाल्गुण २८ गते बुधबार १३:४६:१५ मा प्रकाशित

काठमाडौं । लुकाई छिपाई अवैध रुपमा बाहिरी मुलुक लैजान लागेको रकम सहित काठमाडौंबाट सिंगापुर जान लागेका सिंगापुर नागरिक ५७ वर्षीय Tan Ghim Chiong लाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा Chiong ले साथमा लिई आएको ह्याण्ड ब्याग जाँच गर्ने क्रममा ११ हजार २ सय ७७ अमेरिकी डलर तथा १ लाख २१ हजार ६ सय १५ नेपाली रुपैयाँ फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो । Chiong लाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top