ट्रेण्डिङ

होमपेज / समाज

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

नेपालगाथा २०७६ फाल्गुण २८ गते बुधबार १३:३९:२७ मा प्रकाशित

पर्सा । लागूऔषध मुद्दाका फरार प्रतिवादी जिराभवानी गाउँपालिका-३ बस्ने ४५ वर्षीय किशोरी राउत कुर्मीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत पर्साको २०७६ कात्तिक २९ गतेको फैसलाले लागूऔषध गाँजा/चरेश मुद्दामा ३ वर्ष ९ महिना ३१ दिन कैद र २० हजार रुपैयाँ जरिवाना तोकिएका फरार प्रतिवादी कुर्मीलाई गाउँघरमा लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेको हो । कुर्मीलाई आवश्यक कारवाहीको लागि जिल्ला अदालत पर्सा पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top