ट्रेण्डिङ

होमपेज / समाज

चौकुने वन विज्ञान क्याम्पसमा सार्वजनिक सुनुवाई

नेपालगाथा २०७६ फाल्गुण २८ गते बुधबार १३:३५:४५ मा प्रकाशित

सुर्खेत । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–५ तोस्रामा रहेको योगी नरहरिनाथ वन विज्ञान क्याम्पसमा सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । मंगलबार एक कार्यक्रमका बीच क्याम्पसको आर्थिक वर्ष २०७४ देखि २०७६ सम्मको सार्वजनिक सुनुवाइ सम्पन्न भएको हो । कार्यक्रममा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद अधिकारीले क्याम्पसको बारेमा जानकारी दिँदै चौकुने गाउँपालिका र स्थानीय साझेदारी पूर्वाधार विकास कार्यक्रमको सहयोगमा १० कोठे पक्की भवन निर्माण सम्पन्न गरेको जानकारी दिए ।

जसमा स्थानीय साझेदारी पूर्वाधार विकास कार्यक्रमको ३६ लाख र गाउँपालिकाको ३४ लाखको लगानीमा भवन सम्पन्न गरिएको उनको भनाई छ । साथै ३७ करोड लागतमा क्याम्पसले निर्माण गर्ने पूर्वाधारको डिपिआर निर्माण गरिएको, कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट सम्भाव्यता अध्ययन पूरा भएको, खानेपानी र खेलमैदान निर्माण भएको समेत जानकारी दिए । साथै इआइएका लागि प्रक्रिया थालनी गर्न २५ बिगाहा सरकारी जग्गा लिनको लागि केन्द्रीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा फाइल पेस गरिएको, क्याम्पसलाई सरकारी बनाउन ८ बिगाह जग्गा खरिद प्रक्रियामा रहेको र २९ रोपनी निःशुल्क दान प्राप्त भएको अध्यक्ष अधिकारीले कर्णालीपत्रलाई जानकारी दिए । 

कार्यक्रममा चौकुने गाउँपालिकाका उपाध्यक्ष निर्मला रानामगर, प्रमुख प्रशासकीय अधिकृत हितप्रसाद पौडेल, योजना शाखाका रमेश घिमिरे, वडा न ५ का अध्यक्ष तुलाराम हिस्कीलगायत विद्यालयसँग सम्बन्धित अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, विद्यार्थी, अभिभावकहरुको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top