ट्रेण्डिङ

होमपेज / समाज

कोराना त्रासले होलीको उल्लासमा कमी

नेपालगाथा २०७६ फाल्गुण २७ गते मंगलबार १४:४२:३० मा प्रकाशित

सुर्खेत । विश्वव्यापी रुपमा फैलिएको नोवेल कोराना भाइरस (कोभिड १९)को त्रासका बीच सुर्खेतमा होलीको मनाइएको छ । स्थानीय प्रशासनको उर्दिका बीच सोमबार वीरेन्द्रनगर बजार क्षेत्रमा होलीको रौनक देखिए पनि विगतका वर्षको भन्दा यो वर्षको होलीको उल्लासमा निकै कमी आएको छ । गएको वर्ष घरका परिवार र साथीहरुसँग होलीमा निकै रमाइलो गरे पनि यो वर्षको होलीमा कम रमाइलो भएको साथीहरुसँग होली खेल्न बुलबुले ताल गएका दैलेखका जीवानन्द पाण्डेले बताए । उनका अनुसार सामान्य रुपमा होली खेले पनि दिनभर कोराना भाइरस र स्थानीय प्रशासनको त्रासले छोडेन ।  

‘साथीहरुसँग होली खेल्दा रमाईलो भए पनि मन त्यति खुसी भएन ।’ उनले भने,  ‘कोरानाको संक्रमण कतै हामीमा पनि हुने हो कि भन्ने चिन्ताले धेरै साथीहरुलाई पनिसँगै बोलाउन सकिएन ।’ गत वर्षका होलीमा कलेजका धेरै साथीहरु मिलेर रंग दल्ने, रमाइलो गरेको अनुभव सुनाएका वीरेन्द्रनगरपालिका–४ का रुपेश चन्दले कोरानाको त्रासले यो वर्ष कतिपय आफ्ना साथीहरुले होली नै नखेलेको बताए । तर, वीरेन्द्रनगनर–६ की सुनिता केसीलाई भने यो वर्षको होली शान्त हुँदा निकै रमाइलो लाग्यो । 
 
‘गत वर्षको होली निकै छाडा थियो ।’ होली खेल्न बुलबुले पुगेकी केसीले भनिन्, ‘सबैले मन परी गर्थे तर अहिले प्रशासनले हो–हल्ला गर्न, भिडभाड हुन नदिएकाले निकै शान्त र सालिन होलीका रुपमा मनाउन पाउनु खुशीको कुरा हो ।’  एकै ठाउँमा धेरैजनाको भिंड हुँदा कोरोनाको संक्रमण हुन सक्ने अनुमान गर्दै नेपाल सरकारको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय सुर्खेतले होली मनाउने नाममा अनावश्यक भिडभाड, होहल्ला नगर्न आग्रह गरेको थियो । 

प्रहरीद्वारा ११ प्रक्राउ, ८२ हजार राजस्व संकलन
जिल्ला प्रहरी कार्यालय सुर्खेतले होलीमा उच्छृङ्खल गतिविधि गर्ने ११ जनालाई सुर्खेतका विभिन्न स्थानबाट प्रक्राउ गरेको छ । सोमबार वीरेन्द्रनगर बजार क्षेत्र र बाहिर गरेर उनीहरुलाई प्रक्राउ गरेकोे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रवि रावलले जानकारी दिए । ‘होलीमा उच्छृङ्खल कार्य गर्ने ११ जना विभिन्न व्यक्तिलाई प्रहरीले विभिन्न ठाउँबाट प्रक्राउ गरेको छ ।’ प्रवक्ता रावलले भने, अहिले उनीहरुका बारेमा अनुसन्धान भइरहेको छ ।’ 

यस्तै, प्रहरीले होलीको समयमा ट्राफिक नियमको पालना नगर्ने ८९ वटा सवारी साधनलाई समेत कारबाही गरेरको छ । होली खेल्न ट्राफिक नियम पालना नगर्ने सवारी चालकबाट ८२ हजार बढी राजस्व संकलन गरेको छ । सोमबार बिहानैदेखि गरिएको ट्राफिक चेक जाँचबाट ८९ सवारी कारबाहीमा पर्दा ८२ हजार पाँच सय राजश्व संकलन भएको प्रवक्ता रावलले जानकारी दिए । उनका अनुसार ट्राफिक उल्लंघन गर्ने १० मोटरसाइकल र २ अटोलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top