ट्रेण्डिङ

होमपेज / समाज

चितुवाको छाला सहित पक्राउ

नेपालगाथा २०७६ फाल्गुण २७ गते मंगलबार १४:२८:१५ मा प्रकाशित

ताप्लेजुङ । फक्ताङ्लुङ गाउँपालिका-५ वेतांगु बस्ने ५५ वर्षीय टुलबिर लिम्बुलाई चितुवाको छाला २ थान सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले लिम्बुको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त छाला फेला पारी उनलाई पक्राउ गरेको हो । लिम्बुलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि कञ्चनजंगा संरक्षण कार्यालय पठाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top