ट्रेण्डिङ

होमपेज / समाज

कतारका लागि श्रम स्वीकृति बन्द

नेपालगाथा २०७६ फाल्गुण २७ गते मंगलबार १४:०९:३१ मा प्रकाशित

काठमाडौं । कतारका लागि श्रम स्वीकृति बन्द भएको छ । कतारले नेपालसहित १४ देशका नागरिकलाई प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएपछि सरकारले श्रम स्वीकृति दिन बन्द गरेको हो । कतार जान अनुमति पाएका ३ हजार कामदारलाई हालका लागि विदेश जानबाट रोकिएको छ । फागुन १६ देखि फागुन २६ गतेसम्म विभागबाट कतार जानका लागि ३ हजार ६ सय ५ जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । गत ५८ दिनमा विभागले १ लाख १७ हजार ६३३ जनालाई विदेश जान अनुमति दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top