होमपेज / समाज
दाने बोहरा, सिमकोट । उत्तरी छिमेकी मुलुक चीनसँग सिमाना जोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटस्थित विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा आएको छ । चीनसहित १ सय १ राष्ट्रमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न हेल्थ डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय हुम्लाले जनाएको छ । सोमबार बिहानबाट सञ्चालनमा आएको हेल्थ डेस्कमा जिल्ला स्वास्थ्यका मानबहादुर रोकाया र जिल्ला अस्पतालका एचए धनसिंह भण्डारीलाई खटाइएको छ ।
प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईको स्वास्थ्य परीक्षण गरेर शुरु भएको हेल्थ डेस्क स्थापनामा दुईजना स्वास्थ्यकर्मीले जिल्ला बाहिर जाने र जिल्ला आउने यात्रुको स्वास्थ्य परिक्षण गर्ने जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताए । ‘जिल्ला आउने र जिल्लाबाट बाहिरीने यात्रुमा कुनै लक्षण देखिएका १४ दिन क्वारेन्टटाइनमा रािखने छ ।’ जिल्ला अस्पताल हुम्लाका डाक्टर नवीन रोकायाले भने, ‘जिल्ला अस्पताल हुम्लाले त्यस्ता लक्षण देखिएका बिरामी राख्न छुट्टै क्वारेन्टटाइन भवनको व्यवस्था गरेको छ ।’
सोमबारबाट सञ्चालनमा ल्याइएको हेल्थ डेक्समा आफ्नो स्वास्थ्य परिक्षण गराउँदै हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराई ।