ट्रेण्डिङ

होमपेज / समाज

कर्णालीमा बिचौलीयाको हावी भए– मुख्यमन्त्री शाही 

नेपालगाथा २०७६ फाल्गुण २७ गते मंगलबार १४:०३:०१ मा प्रकाशित

रुकुम पश्चिम । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासमा बिचौलिया हाबी भएको बताएका छन् । रुकुम पश्चिमको जिल्ला सभा तथा समीक्षा गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले कर्णालीको विकास र समृद्धिको बाधक भनेको योजना माग्ने र दिनेहरु नै देखिएको दाबी गरे । विकासका लागि दिइने बजेट, माग गरिने योजना केही सिमित व्यक्ति र समूहको स्वार्थसिद्धिका लागि केन्द्रित रहेको ठोकुवा गरेका मुख्यमन्त्री शाहीले यसको अन्त्य नभएसम्म समृद्ध कर्णालीको परिकल्पना साकर नहुने जिकिर गरे  ।

नितान्त स्वर्थी, आत्म केन्द्रित समूह र व्यक्ति घुसेका कारण अपेक्षाकृत विकास हुन नसकेको भनाई उनको थियो । ‘योजना माग्नेले कुनै प्लान, बिना लागत अनुुमान, बिना लक्ष्यका साथ केही नेता र प्रतिनिधिलाई प्रयोग गरेर माग्ने गरेका छन्,’ उनले भने, ‘बजेट र योजना दिनेले पनि त्यतैपट्टि ध्यान नदिएर योजना हाल्ने गरेकै कारण समस्या देखिएको छ ।’ मागकै आधारमा योजना र बजेट दिने तर जिम्मेवार निकायबाट त्यसको प्रभावकारी अनुगमन नहुँदा थप विकासको परिणाम नदेखिएको बताएका मुख्यमन्त्री शाहीले वास्तविक कर्णालीको समृद्धि चाहने हो भने सबैले व्यक्तिगत स्वार्थलाई त्याग्नुपर्ने बताए । 

योजना र बजेट मागिएको ठाउँको अनुगमन गर्दा अधिकांश ठाउँमा योजनाको काम पूरा नैं नभएको, कतै थोरै काम गरेर अलपत्र छाडिएको कतै कम लगानीमा बन्नुपर्ने योजनमा धेरै बजेट खर्च भएको स्वीकार गरेका मुख्यमन्त्री शाहीले बजेटका लागि योजना बनाउने परम्पराको अन्त नभएसम्म कर्णालीले विकासमा फड्को मार्न नसक्ने ठोकुवा गरे । माग गर्ने र दिने गरेको समेत पाइएको मुख्यमन्त्री शाहीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top