ट्रेण्डिङ

होमपेज / समाज

नाग्म–गमगढी सडक सुचारु  

नेपालगाथा २०७६ फाल्गुण २७ गते मंगलबार ०९:५४:४२ मा प्रकाशित

फाल्गुन । कर्णाली राजमार्ग अन्तरगत नाग्म गमगढी सडक खण्ड सञ्चालनमा आएको छ । घुच्ची लेकमा रहेको सातमोडमा फागुन दोस्रो साताबाट परेको भारी हिमपातले बन्द सडक आइतबारबाट सुचारु भएको हो । फागुनको दोस्रो साता परेको हिमपातले कर्णाली राजमार्गको नाग्म–गमगढी सडक सुचारु नहुँदा मुगुको सदरमुकाम गमगढी र हुम्लामा दैनिक उपभोग्य सामान, विकास निर्माणका सामानबीच बाटो कालीकोटको नाग्मबजार, जुम्लाको गोठीज्यूला र भुलभुलेलगायतका स्थानमै थन्किएका थिए ।

हिमपातले सडक अवरुद्ध हुँदा नाग्म–गमगढी सडकमा चल्ने  साना तथा ठूला मालवाहक गाडी सञ्चालनमा आउन सकेका थिएनन् । भने, रारा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका गाडी हिलो र हिउँमा फस्दा पर्यटकले हैरानी बेहोरेका थिए । गाडी नचल्दा हुम्ला र मुगुमा दैनिक उपभोग्य सामाग्रीको अभाव हुन थालेपछि जिल्लाका स्थानीय तह, स्थानीय प्रशासन र सरोकारवाला निकायले सडक डिभिजन कार्यालय जुम्लालाई बारम्बार ताकेता गरेपछि बन्द सडक सञ्चालनमा आएको मुगु उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए । 

उनकाअनुसार सडक सूचारु भएसँगै मुगु सदरमुकाम गमगढी बजारमा अभाव देखिएको दैनिक उपभोग्य सामान र विकास निमार्णका सामग्री ढुवानीमा सहज हुँदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top