ट्रेण्डिङ

होमपेज / समाज

नक्कली नागरिकता बनाउने पूर्व-गाविस सचिवलाई प्रकाउ

नेपालगाथा २०७६ फाल्गुण २५ गते आइतबार १६:४०:३५ मा प्रकाशित

पर्सा । नक्कली नागरिकता बनाउने भूमिका खेलेको अभियोगमा प्रहरीले एक पूर्व-गाविस सचिवलाई प्रकाउ गरेको छ। आइतबार दिउँसो वीरगञ्‍ज महानगरपालिका-१६ भिस्वास्थित आफ्नै घरबाट विन्दा साह पक्राउ परेका हुन्। प्रहरीले विशेष सूचनाका आधारमा उनको घरमा छापा मारी उनलाई पक्राउ गरेको जनाएको छ।   एउटा घरमा बलियोसँग ताला लगाएर राखेको देखेपछि प्रहरीले शंका लागेपछि ढोका फोडेर छानविन गरेको थियो। त्यसक्रममा प्रहरीले चार दर्जनभन्दा बढी नागरिकता बनाउन प्रयोग गरिने जिल्ला प्रशासन कार्यालयका अनुसूची फाराफहरुसमेत बरामद गरेको छ।

त्यस्तै प्रहरीले ठूलो मात्रामा विभिन्‍न व्‍यक्तिहरूको नागरिकता बनाउने प्रयोग गरिने पासपोर्ट साइजको फोटोसमेत बरामद गरेको छ। अनुसन्‍धानका क्रममा उनका तीनवटा नागरिकता भेटिएको र त्यसबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ। उनीबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गंगा पन्तले जानकारी दिएकी छिन्। पर्साको साविक डोकैला बहुअरी गाविस सचिव हुँदा साहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक हिनामिनाको मुद्दा परेको थियो। अदालतले साहलाई दोषी ठहर गर्दै ५ महिना कैद सजायको फैसला गरेको थियो। प्रहरी नियन्त्रणमा रहेका साह २ वर्षअगाडि मात्र कैद सजाय भुक्तान गरेर छुटेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top