होमपेज / समाज
सुर्खेत । कर्णाली घुम्ने, हेर्ने, सुन्ने, पढ्ने ठाउँ मात्रै नभएर महशुस गर्ने ठाउँ रहेछ । वीरेन्द्रनगरमा जारी ‘कर्णाली उत्सव, कर्णालीका कुडा’ कार्यक्रमको ‘कर्णाली क्यानाम् घुमेर हेर्दा’ सेसनकी वक्ता अस्मिता थापाले भनिन्, ‘कर्णाली घुम्न मात्रै नभएर कर्णालीका मान्छे चिन्न भए पनि कर्णाली आउनुपर्छ, मलाई कर्णालीको यात्रा गर्दा धेरै सहयोग गर्नुभएको छ । कर्णाली घुम्ने र सुन्ने ठाउँ मात्रै नभएर एउटा महशुस गर्ने ठाउँ रहेछ ।’ सेसन सञ्चालक दामोदर न्यौपाने कर्णाली घुम्न आउने क्रममा कर्णाली कस्तो पाउनुभयो भनी सोधेको प्रश्नमा उनले सिंगै नेपालीहरुले आफ्नो इतिहाँस खोज्नको लागि कर्णालीमा आउनुपर्ने बताइन ।
उनले थपिन, ‘यहाँका हरेक कुराहरुको महत्व हरेको छ । पर्यटकको सम्भावना मात्रै नभएर हरेक कुराको सम्भावना छ । प्रशस्त मात्रामा रहेको जडिबुटि चिन्ह्र र व्यापारीकरण गर्न मात्रै बाँकी छ । त्यसैले अब सधै कर्णाली गरिब भनेर मात्रै नभनेर यहाँका सम्भावनालाई अघि बढाउन लागौँ ।’ साथै उनले कर्णालीका पर्यटकीय क्षेत्रको ऐतिहासिक कुराहरुलाई उठाएर अघि बढ्दा अझ पर्यटन व्यवसाय राम्रो हुने बताइन् । सेसनका अर्का वक्ता अमरबहादुर शाहीले कर्णाली प्रदेशको गरिबी निवारण गर्ने छोटो माध्यम पर्यटन क्षेत्र हुन सक्ने बताए । ‘पर्यटकीय क्षेत्र भनेको हिमाल, ताल र जंगल सफारी मात्रै हैन ।’
उनले भने, ‘ऐतिहासिक महत्वले भरिएका क्षेत्रहरु, धार्मिक क्षेत्रहरु, मानिसको जीवनशैली, भौगोलिक बनावट जस्ता विभिन्न कुराहरु पनि पर्यटकीय क्षेत्र हुन सक्छन् ।’ साथै उनले कर्णालीका हरेक पर्यटकीय क्षेत्रलाई एक ठाउँबाट अर्को ठाउँमा जोडेर अघि बढ्नुपर्ने बताए । यस्तै अर्का वक्ता मोहन मैनालीले कर्णालीको संस्कार, संस्कृति अन्ुसारको पर्यटन व्यवसायलाई अघि बढाउन आवश्यक रहेको बताए । हामीले मात्रै यहाँका पर्यटकीय क्षेत्रहरुको बारेमा थाहा पएर हुँदैन । उनले भने, ‘नेपाल तथा विश्व भरमा नै यहाँका धार्मिक तथा पर्यटकीय कुराहरुको महत्व बुझाउनुपर्छ । पर्यटक लक्षित प्रचारप्रचार तथा अन्य व्यवस्थापकीय कामहरु अघि बढाउनुपर्छ ।’
साथै उनले भौगोलिक रुपमा जटिलता भएका कारण धार्मिक पर्यटनलाई प्रवद्र्धन गर्नका लागि युवाहरुलाई प्रेरित गर्नुपर्नेमा जोड दिएका थिए । बुधबार (आज) सम्म सञ्चालन हुने उत्सवमा मंगलबार कर्णाली क्यानाम घुमेर हेर्दा सेसनसँगै दिलभूषण पाठकले ‘किन प्रश्न गर्ने’, चन्द्रकिशोर झाले ‘सिमान्त स्वर’, केशव ढकालले ‘दवाई र देउता, भोक र भकारी’, विमल आचार्यले ‘कर्णालीका कथा’ जस्ता विभिन्न सेसनहरु सञ्चालन गरेका थिए ।