ट्रेण्डिङ

होमपेज / समाज

चौकुने गाउँपालिकामा निःशुल्क आयुर्वेद तथा योग शिविर

नेपालगाथा २०७६ फाल्गुण २० गते मंगलबार २०:३६:५७ मा प्रकाशित

सुर्खेत । सुर्खेतको पश्चिम चौकुनमा निःशुल्क आयुर्वेद तथा योग शिविर सञ्चालन हुने भएको  छ । गाउँपालिकाको वडा नम्बर ८ गुटुमा यही फागुन २४ गते शिविर हुन लागेको हो । प्रादेशिक आयुर्वेद औषधालय कर्णाली प्रदेश सुर्खेतले सञ्चालन गर्ने शिविरमा बिहान ५ बजेदेखि ७ बजेसम्म योगा प्रशिक्षकबाट योगा सिकाईने तथा ९ः ३० देखि बेलुका ३ः३० बजे सम्म विशेषज्ञ आयुर्वेद स्वास्थ्य शिविर सञ्चालन हुने प्रादेशिक आयुर्वेद औषधालयका वैद्य निरीक्षक दिपेन्द्र कंडेलले जानकारी दिए । 
शिविरमा विशेष गरी ग्याष्टिक, महिलासँग सम्बन्धित सबै खाले समस्याहरु, बालरोग विशेषज्ञबाट बालबालिका समस्याहरु, युरिकएसिड, बाथरोगलगायतका सबै खाले रोगहरु आयुर्वेद पद्धतिबाट निःशुल्क उपचार गरिने उनको भनाई छ । साथै स्तनपान गराइरहेका महिलाहरुका लागि दूधवद्र्धक औषधि निःशुल्क वितरण गरिने उनको भनाई छ ।
 

प्रतिक्रिया

सम्बन्धित खवर

Top