ट्रेण्डिङ

होमपेज / समाज

मनोमानित ढंगबाट स्याउका बिरुवा वितरण

टाठा बाठालाई बिरुवा, निमुखालाई केही न केही

नेपालगाथा २०७६ फाल्गुण २० गते मंगलबार १४:४७:५५ मा प्रकाशित

खड्क सुनार । मुगु । जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिका ९ कालै र सिड् िगाँउका किसानहरुलाई मनोमानी ढंगबाट स्याउका बिरुवा वितरण गरेको पाइएको छ । त्यहाँका किसानहरुले पाखो बारीमा ब्यवसायिक स्याउ खेती शुरु गर्न थालेपछि आफनै मनपरी ढंगबाट बिरुवा वितरण गरेको पाइएको हो ।
वर्षमा दुई पटक फल्ने बाली खेती हुने पाखो जग्गामा लगाएको अन्नबालीले छ महिनापनी पूरै खान नपुग्ने भएपछि परम्परा देखिनै पाखोबारीमा खेति गरिदंै आएको पाखोबारीलाई मूल्यवान बनाउन सोरु गाँउपालिका—९ कालै र सिड् िगाँउका किसानहरु पाखोबारीमा व्यवसायिक स्याउ खेती शुरु गर्न जुटेका छन् ।
सोरु गाउपालिकाअन्तर्गत पर्ने वडा नं ९ कालै गाउका स्थानीय रोशन जैशीका अनुसार विश्व खाद्य कार्यक्रम डब्लुएफपीको आर्थिक सहयोगमा ग्रामिण सामुदयिक विकास केन्द्र (आरसिडिसि) मुगुद्वारा सञ्चालित जलवायु अनुकुलन तथा खाद्य सुरक्षाअन्तर्गत जिविकोपार्जन कार्यक्रममा सोरु गाँउपालिका—९ कालै गाँउका २ सय २३ र सिड् िगाँउ ३६ घरधुरीका कृषानको पुर्खोदेखि पाखो बारीमा स्याउ खेती उत्पादनमा मनोमानित ढंगबाट बिरुवा वितरण गरेको स्थानीय जैशीले बताए ।

उनका अनुसार एक त हामी निमुखा हौं त्यसमा पनि जिल्लाका गैरसरकारी संस्थाहरुले टाठा बाटाहरुलाई बिरुवा वितरण गरेको उनको भनाई छ । अरु केही उत्पादन हुदैन हने एक यही हो यसमा पनि स्याउका बिरुवाहरु मनोमानित ढंगबाट दिएको सोरु गाउपालिका वडा नं ९ कै अर्को स्थानीय बालकृष्ण जैशीले बताए । यता ग्रामिण सामुदायिक विकास केन्द्र मुगुका फिल्ड कोर्डिनेटर जगत भामका अनुसार आफुहरुले जुन किसानहरुले स्याउ लगाउने खाल्डा खनेका छन् सो कृषकलाई मात्र स्याउका बिरुवा वितरण गरेको उनले बताए । आगामी दिनहरुमा खाडल नखनेका कृषहरुले यदि यो माहिनामा खाडल खने भने बिरुवा वितरण गर्ने जानकारी दिए ।
आएको १ लाख १४ हजार वर्गमिटर जग्गा मूल्यवान बनाउन व्यसायिक स्याउ खेती शुरु गरिएको ठिन्के रुख बुनिभिर फलफूल समितिका अध्यक्ष ज्ञानबहादुर रावलले जानकारी दिएका हुन् ।
प्रत्येक घरलाई एक सय स्याउका बिरुवा वितरण गर्नुका साथै एक बिरुवा रोप्न एक मिटर गहिरो खाल्डो खने बापत १ सय ५० रुपैयाँका दरले १ सय बोटको १५ हजार रुपैयाँसमेत किसानको आफनै खातामा रकम जम्मा हुने भएकाले किसानहरुले आफनो स्याउका बिरुवा पूर्णरुपले प्राविधिक ज्ञान सिपसहित रोपेकाले यी दुवै गाँउलाई स्याउ जोनको रुपमा परिणत गर्न किसानलाई आवश्यक प्राविधिक तालिम सरसल्लाह साथै स्याउलाई भण्डारण गर्ने कोल्ड स्टोरको समेत निर्माण गरी स्याउ खेतीबाटै किसानको जिविकोपार्जनमा टेवा पुगी आर्थिक स्थिति बलियो बनाउने उद्देश्यले कालै र सिड् िगाँउका २ सय ५९ घरधुरीका किसानलाई एक सयका दरले १९ हजार स्याउका बिरुवा वितरण गरिएको आरसीडिसी मुगुका कार्यकारी निर्देशक जर्मन नेपालीले जानकारी दिएका हुन् ।
नेपालीका अनुसार अगाडि संस्थाले वितरण गरेको थियो कृषकहरुले राम्रोसँग स्याउ खेती फलाउन नसकेपछि यस्तो भएको उनले जानकारी दिए ।
अहिले आफनो एक हल पाखोबारीमा रोपेको अन्नले वर्षमा सात हजार बराबरको अन्न फलाएको अर्को स्थानीय कृषक रतन विटालुले बताएका छन् ।  एक हल जग्गामा आम्दानी भएको अन्नले एक महिना पनि राम्रो खान पुग्दैन एक हल जग्गामा रोपेको स्याउको बिरुवाबाट फलेको स्याउ बेचेर मात्र वर्षमा सात लाखसम्म आम्दानी दिने अनुमान गरेपछि आफनो जग्गाको मूल्य पनि बढ्ने भएपछि प्रत्येक घरका किसानले अनिवार्य ५० देखि एक सयसम्म स्याउका बिरुवा रोपिसकेका र बिरुवाको संरक्षण तथा सिंचाईका लागि सामूहिक कार्य गर्न लागिएको छ  । गाँउमा सडक यातायात समेत पुगिसकेकाले आफूले फलाएको स्याउसमेत खेर नजाने भएकाले व्यवसायिक स्याउ खेतीतर्फ आकर्षित भएको किसान कम्म नेपालीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top