ट्रेण्डिङ

होमपेज / समाज

दाहाल प्रतिष्ठान कर्णाली प्रदेशको नयाँ कार्य समिति चयन

नेपालगाथा २०७६ फाल्गुण १३ गते मंगलबार १७:२०:१५ मा प्रकाशित

सुर्खेत। दाहाल प्रतिष्ठान नेपाल कर्णाली प्रदेशले आफ्नो नयाँ कार्य समिति चयन गरेको छ । सोमबार वीरेन्द्रनगरमा सम्पन्न प्रथम अधिवेशनले ३१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । अधिवेशनले साझा पार्टी कर्णाली प्रदेशका संयोजक गेहेन्द्र दाहालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा काँशीराम दाहाल, हरिलाल दाहाल, लक्ष्मीनारायण दाहाल रहेका छन्, भने सचिवमा चक्र दाहाल, सह–सचिवमा शारदा पौडेल दाहाल र कोषाध्यक्षमा रामकुमार दाहाल चयन भएका छन् । यस्तै, सदस्यमा विभिन्न क्षेत्रमा क्रियाशिल व्याक्तित्वहरु रहेका छन् । अधिवेशनले प्रेमप्रसाद दाहालको संयोजकत्वमा ३ सदस्यीय लेखा समितिसमेत चयन गरेको छ । जसको सदस्यमा लोकेन्द्र दाहाल र दुर्गा दाहाल रहेका छन् ।
कार्यक्रममा समाजमा उल्लेखनिय काम गर्ने तीन जना व्याक्तित्वहरुलाई नगद पुरस्कारसहित सम्मान समेत गरिएको छ । सम्मानित हुनेमा शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान दिएका शिक्षक कृष्णबहादुर रेग्मी, कला तथा संस्कृतिक क्षेत्रमा उल्लेखनिय काम गर्ने सुर्खेतका प्रेमदेव गिरीलाई नगद ११ हजार नगद सहित खादा ओडाएर सम्मान गरिएको छ ।
खेलकुद क्षेत्रमा उल्लेखनिय योगदान पु¥याएकोमा सुर्खेतकी चेली नन्दा बस्याललाई नगद ७ हजारसहित खादा ओडाएर सम्मान गरिएको प्रतिष्ठान कर्णाली प्रदेशका नव नियुक्त अध्यक्ष ज्ञहेन्द्र दाहालले जानकारी दिए । अध्यक्ष दाहालले प्रतिष्ठान केन्द्रको कार्यक्रम बमोजिम समाजमा योगदान दिएका व्याक्तिहरुलाई सम्मान गरिएको बताए ।
सोमबार नै प्रतिष्ठान कर्णाली प्रदेशको कार्यालय समेत उद्घाटन गरिएको छ ।

जग्गादाता तथा दाहाल प्रतिष्ठान सुर्खेतका अध्यक्ष खगेन्द्र दाहाल तथा विष्णुकुमारी दाहालले दान गरेको ११ घुर जग्गामा निर्माण गरिएको भवन तथा मन्द्रिरको दाहाल प्रतिष्ठानका केन्द्रीय अध्यक्ष शालिग्राम दाहालले उद्घाटन गरेका हुन् । कार्यक्रममा दाहाल प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष शालिग्राम दाहालसँगै केन्द्रीय महासचिव, सह–सचिव, सदस्यहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top