होमपेज / समाज
बाँके । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे भएको भेटवार्तामा मुलुकको समसामयिक विषयबारे छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिए । ‘अध्यक्ष दाहाल चितवनको डेलिगेशन लिएर आउनु भएको थियो’’, उनले भने, ‘सो डेलिकेशनका क्रममा उहाँहरुबीच मुलुकको समसामयिक र पार्टी सञ्चालनका विषयमा छलफल भयो ।’ थापाले दुई अध्यक्षको भेटवार्ता नियमित रहेको समेत बताए । पार्टी अध्यक्ष दाहालसंँग भेटवार्ता भएपछि प्रधानमन्त्री ओली पोखरामा हुने कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।