ट्रेण्डिङ

होमपेज / समाज

चाँदीझैँ टल्क्यो रारा 

नेपालगाथा २०७६ फाल्गुण १० गते शनिबार १७:४९:२२ मा प्रकाशित

मुगु । पछिल्लो पटक परेको हिमपतले समुद्र सतहदेखि २९९० मिटर उचाइमा रहेको रारा यति वेला हिमपातले चाँदीझैँ टल्किएको छ । चारैतिर हिमपातले सेताम्यबीचमा आकाश गंगाझैँ नीलो तालले रारा रमणीय तथा प्राकृतिक सौन्दर्य डुबुल्की मार्दै निश्चल भएर बसेको छ । सकारले हालै गरेको नेपाल भ्रमण वर्ष २०२० को एक सय गन्तब्य मध्ये मुगुको रारा ताल पनि सूचीमा परेको छ । 
पर्यटन वर्षको  शुभारम्भसँगै चाँदीझैँ टल्किएको रारामा आन्तरिक तथा बाह्य पर्यटको लर्को लाग्ने अपेक्षा सबैको थियो। तर, भएन ।

बढीभन्दा बढी पर्यटक भित्र्याउने र अर्थत्रन्त बलियो बनाउन टेवा पु¥याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष २०२०’ उद्घाटनका अवसरमा संघीय र प्रदेश, स्थनीय सरकारले ताम झामका साथ विभिन्न कार्यक्रम आयोजना गरी पर्यटन वर्षको शुभारम्भ गरे । मुगुको रारा तालबाट पनि पर्यटन वर्षको शुभारम्भमा कार्यक्रम गरियो । कर्णाली प्रदेश सरकारले भ्रमण वर्षकै अवसरमा ‘यसपालि घुमौँ कर्णाली’ अभियान शुरु ग¥यो । तर, कर्णालीका प्रमुख पर्यटकीय स्थल अहिले सुनसान छन् । कर्णाली प्रदेश दुर्गम भनी परिचित मुगुको प्रमुख पर्यटकीय गन्तव्य तथा नेपालको सबैभन्दा ठूलो ताल रारा यति बेला सुनसान अवस्थामा छ ।

अहिले रारामा उल्टो भएको छ । पर्यटन वर्षको शुभारम्भ गरिएको दुई बितिसक्दा रारामा बाह्य पर्यटक सात जनासम्म र आन्तरिक पर्यटक एक सयसम्म मात्र आएका छन् । नेपाल भ्रमण वर्ष २०७६ साल पुस १६ गते शुभारम्भपश्चात अहिले रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको आगमन संख्यामा न्यून रहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालय मुगुले जनाएको छ । मुगुलगायत कर्णालीका जिल्लामा लगातार परेको बाक्लो हिमपातले गर्दा हवाई उडानदेखि सडक अवरुद्ध हुनुका साथै सवारी साधन पनि सञ्चालन नआएपछि पछिल्लो समय रारामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा घट्दो क्रममा रहेको रारा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लालबहादुर भण्डारीले बताए ।

उनकाअनुसार अहिले नेपाल भ्रमण वर्ष शुभारम्भमा रारामा भने अहिलेसम्म फाटफुटमा पाँचदेखि १० जनासम्म बाह्य पर्यटकले मात्र रारामा पाइलो टेकेका छन् । ‘गत वर्षमा यस्तो अवस्था थिएन’ उनले भने, ‘भ्रमण वर्ष शुभारम्भमै यस्तो दुविधा देख्दा जिल्लामा मात्र नभई समग्र कर्णाली प्रदेशमै ठूलो चोट पुग्न सक्छ ।’ एकातिर रारामा पर्यटकको आगमनन भएपछि समग्र मुगु जिल्लाको अर्थतन्त्रमा टेवा नपुग्ने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top