ट्रेण्डिङ

होमपेज / समाज

‘यात्रुलाई सधै खुसी पार्नुपर्छ’

नेपालगाथा २०७६ फाल्गुण १० गते शनिबार १६:२०:४९ मा प्रकाशित

कहिलेबाट अटो चलाउन शुरु गर्नुभयो ?

मैले अटो चलाउन लागेको एक वर्ष पूरा भएको छ । त्यो भन्दा पहिले म हाउस वायरिङको काम गर्थे । पछि सुर्खेतमा अटो आएपछि साथीहरु सबै यतातिर लागे उनीहरुको राम्रो कमाई देखेपछि म पनि अटो किनेर चलाउन थाले । अहिले पहिलाको जस्तो कमाई त छैन तर पनि सोचे अनुसारको कमाई भइरहेकै छ । बजारमा अटो चलाउन पाउन्जेलसम्म चलाउन प¥यो । यदि कुनै समय अटो बन्द भयो भने पुनः पहिलाकै काममा फर्किने सोच बनाएको छु । 

दिनमा कति घण्टा चलाउनुहुन्छ ?
अहिले त मैले दैनिक ८ देखि १० घण्टा चलाउने गरेको छु । बिहान ९ बजेतिर खाना खाएर निस्किन्छु बेलुका ५, ६ बजेसम्म चलाउँछु । कहिलेकाही त्योभन्दा पहिले पनि हुन्छ भने कहिल्यै धेरै समयसम्म पनि चलाउने गरेको छु ।

दैनिक कति आम्दानी हुन्छ ?
हाल मेरो दैनिक आम्दानी भनेको एक हजारदेखि १५ सय सम्म हो । शुरु शुरुमा अझै धेरै हुन्थ्यो । हाल अटो धेरै भएका कारण आम्दानी घटिरहेको छ । 

अटोबाट भएको आम्दानीको पैसा के मा खर्च गर्नुभएको छ ?
अटोबाट भएको आम्दानीले घर परिवार चलाउन मै खर्च हुन्छ । त्यसबाट बचेको पैसा मैले बचत गर्ने गरेको छु । साना बच्चा बच्ची छन् उनीहरुलाई पढाउन खर्च र उनीहरुको बीमा पनि गरेको छु । 

यात्रुको व्यवहार कस्तो लाग्छ ?
अहिलेसम्म यात्रुको व्यवहार ठिकै छ । कुनै यात्रुले राम्रो व्यवहार देखाउँछन् भने कसैले नराम्रो व्यवहार देखाउँछन् । जे भए पनि उनीहरुलाई हामीले खुशी बनाउनुपर्छ भन्ने मलाई लाग्छ । भाडाको विषयमा उनीहरुसँग किचकिच हुन्छ । त्यो बेलामा पैसा नलिएरै आउने गरेको छु । नगरपालिकाले तोकिए बमोजिम मैले भाडा लिने गरेको छु । 

ट्राफिक नियम उल्लङ्घन गरे बापत जरिवाना तिर्नुभएको छ, की छैन ?
हालसम्म म ट्राफिक कारबाहीमा दुई पटकसम्म मात्रै परेको छु । लाइसेन्स नहुँदा मैले जरिवाना तिर्नुपरेको थियो । पछि मैले लाइसेन्स बनाए पछि कारवाहीमा परेको छैन । 

वीरेन्द्रनगरका सडकको अवस्थाका बारेमा के भन्नुहुन्छ ?
सडकको अवस्था त एकदमै बिग्रेको छ । पिच रोडमा पनि बीचबीचमा खाल्डा खुल्डी छन् । अटो चलाउन एकदमै गाह्रो बनाएको छ । ती कच्ची खाल्डाको कारणले अन्य क्षेत्रको पनि दिन प्रतिदिन सडक बिग्रिएको छ । सडककै कारणले बेला बेलामा टायर बिग्रिने बेला बेलामा सर्भिसिङ गर्नुपर्ने अवस्थाको सिर्जना भएको छ । हाम्रो मुख्य समस्याको सडक हो । 

कर कति तिर्नुहन्छ ?
चार महिनामा एक पटक यातायात कार्यालयमा जाँचपास र वीरेन्द्रनगर नगरपालिकामा रुट प्रमिट बापत ४÷४ सय तिर्नुपर्छ । यातायात समितिलाई दैनिक ५० रुपैयाँ दिनुपर्छ । बीमा गरे बापत वार्षिक १० हजार र बिलबुक नवीकरणको ५ हजारदेखि ७ सयसम्म तिर्नुपर्छ । 
प्रेम नेपाली, वीरेन्द्रनगर नगरपालिका खजुरा, सुर्खेत 

अटो नम्बरः भे १ ह ४१११
प्रस्तुतिः वसन्त भण्डारी

प्रतिक्रिया

सम्बन्धित खवर

Top