ट्रेण्डिङ

होमपेज / समाज

सडकको गुणस्तरमा ध्यान दिन मन्त्री बस्नेतसँग आग्रह

नेपालगाथा २०७६ फाल्गुण १० गते शनिबार १६:१३:४७ मा प्रकाशित

जाजरकोट । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मध्यपहाडी लोकमार्गको निरीक्षण गरेका छन् । जिल्लाको पश्चिमी क्षेत्रमा रहेको छेडाचौरदेखि छेडागाड नगरपालिका–३ दशेरासम्म निरीक्षण गरिएको हो । सडक सञ्जालको कच्ची मार्गसँग जोडिएको पश्चिम जाजरकोटमा मन्त्री बस्नेतले मध्यपहाडी लोक मार्गका साथै जाजरकोट–जुम्ला जोड्ने सडकको निरीक्षणसमेत गरिएको छ ।मन्त्री बस्नेतको सडक निर्माण तथा विद्युतीकरण चुनाबी नारा रहेको थियो । अहिले मध्यपहाडी लोकमार्गको सडक निर्माण तीब्र बनाएको समयमा मन्त्री बस्नेतले स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय जनताको गुनासो सुन्दै आएका छन् ।

संघीय सरकारबाट छुट्याइएको रकम र स्थानीय तथा प्रदेश सरकारबाट विनियोजन गरिएको बजेटबाट प्रतिफल अर्थात नतिजासमेत विश्लेषण गर्न मन्त्री बस्नेत यहाँ पुगेको बताइएको छ । मन्त्री बस्तेतलाई स्थानीयबासीले सडकको गुणस्तरमा ध्यान दिन आग्रह गरेका थिए । कच्ची सडक छिटो पिच गरी व्यवस्थित बनाउनसमेत आग्रह गरेका छन् । अनुगमण तथा निरीक्षण कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा पूर्ण शान्ति तथा पुननिर्माण मन्त्री सत्य पहाडी, राष्ट्रियसभा सदस्य भैरवसुन्दर श्रेष्ठ, प्रदेशसभा सदस्य करवीर शाहीको समेत सहभागिता रहेको छ ।

 प्रजिअ जनकराज पन्तलगायत जिल्लाका अधिकांश सरकारी कार्यालयका प्रमुखलाई सडक अनुगमणमा सहभागी गराएको छ । जिल्लाको विकास निर्माणमा ध्यान दिन र जनताको गुनासो तत्काल सुनुवाइ गर्न मन्त्री बस्नेतले सरकारी निकायलाई निर्देशनसमेत दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top