ट्रेण्डिङ

होमपेज / समाज

जुम्लामा हिमपात

नेपालगाथा २०७६ फाल्गुण १० गते शनिबार १६:१०:०५ मा प्रकाशित

सुर्खेत । शुक्रबार मौसममा आएको बदिलीले कर्णालीका उच्च हिमाली जिल्लामा फेरि हिमपात शुरु भएको छ । जुम्लामा शुक्रबार बिहानदेखि हिमपात भयो । यसपटक पनि अघिल्लो हिउँ नपग्लिइ पुनः हिमपात भएको हो । लगातारको हिमपातले जनजीवन प्रभावित हुँदै गएको छ । बिहानैदेखि परेको हिउँले फेरि डाडाँकाँडा सबै सेताम्मे बनाएको छ । चिसोले सरकारी कामकाज तथा यातायातसमेत प्रभावित भएको छ । हवाई यातायात भने अनियमित मौसमका कारण बन्द रहेको छ ।

लगातार पानी र हिउँबाट बच्न तथा न्यानो गर्न स्थानीय प्रशासनले पटक–पटक सूचनासमेत जारी गर्दै आएको छ । चिसोले अस्पतालमा बिरामीसमेत बढ्ने गरेका छन् । अस्पतालमा रुघाखोकीका बिरामी बढेका पाडब गुफा हेल्थ स्वास्थ चौकीका अहेब नेत्रबहादुर खत्रीले जानकारी दिए । त्यस्तै, उच्च हिमाली जिल्ला हुम्लामा शुक्रबार बिहानैदेखि हिमपात भएको छ । पुस र माघ दुई महिना लगातार परेको हिमपात फेरि शुक्रबारदेखि हुन थालेको छ । 

    जिल्लाको सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकामा हिमपात भइरहेको छ भने तल्लो क्षेत्रमा पानी परिरहेको सर्केगाड गाउँपालिका–२ रिप गाउँका कालिबहादुर महताराले जानकारी दिए । 
    बिहीबार रातिदेखि जिल्लामा मौसम फेरबदल भएसँगै शुक्रबार बिहानदेखि हिमपात हुन थालेको हो । बिहानदेखि हिमपात हुँदा चिसो एक्कासी बढेको स्थानीयबासी महेन्द्र बोहराले बताए । 
    हिमपातका कारण नेपालगञ्ज, सुर्खेतबाट नियमित उडानसमेत प्रभावित बनेको छ । नेपालगञ्ज, सुर्खेतबाट सीता, समिट, तारा एयरलाइन्सले यात्रु र व्यापारीको जडिबुटी ओसार्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top