होमपेज / समाज
काठमाडौँ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिएका छन् । सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिएका हुन् । नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराएका हुन् । उनले भने, 'मन्त्रीज्युले सम्बन्धित निकायमा राजीनामा बुझाएको अनौपचारिक जानकारी मसँग आएको छ ।'
पत्रकारलाई गोकुल बाँस्कोटाको प्रश्न, ‘तपाईंहरु को-कोबाट गाइडेड हुनुहुन्छ ?’
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण : सञ्चारमन्त्रीले कमिसन मागेको अडियोमा के छ?
सञ्चारमन्त्री अडियो प्रकरण : ओली र प्रचण्डबीच छलफल, राजीनामाका लागि दबाब
बाँस्कोटा अडियो प्रकरण : लेखा समितिले छानबिन गर्ने, खरिद प्रक्रिया रोक्न निर्देशन
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बास्कोटाले ७० करोड कमिसन मागेको अडिओ बिहीबार सार्वजनिक भएको थियो । अन्नपूर्ण ।