ट्रेण्डिङ

होमपेज / समाज

मानव अधिकार उत्खनन्का घटनामा कमी

नेपालगाथा २०७६ फाल्गुण ८ गते बिहीबार १५:५८:३४ मा प्रकाशित

सुर्खेत । कर्णाली प्रदेशमा मानव अधिकार क्षेत्रमा केही सुधार आएको तथ्याङ्क सार्वजनिक भएको छ । मानव अधिकार क्षेत्रमा काम गर्ने संस्था इन्सेकले सन् २०१८ भन्दा २०१९ मा कर्णाली प्रदेशमा मानव अधिकार उत्खनन्का क्षेत्रमा सुधार भएको तथ्याङ्क सार्वजनिक गरेको हो । कर्णाली प्रदेशमा सन् २०१८ मा मानव अधिकार उत्खनन्का र ज्यादतीका पाँच सय दुई जना पीडित भएको भए पनि सन् २०१९ मा चार सय ८६ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको छ । 

मानव अधिककार क्षेत्रमा काम गर्ने संस्था इन्सेकका अनुसार सन् २०१८ मा मानव अधिकार र ज्यादतीका मानव अधिकार उत्खनन्का घटनामा पाँच महिला, ४४ पुरुषसहित ४९ जना थिए भने, ज्यादतीका तीन सय ४८ महिला, एक सय पाँच जना पुरुषसहित चार सय ५३ जना पीडित भएका थिए । सन् २०१९ मा मानव अधिकार उत्खनन्का घटनामा पाँच महिला, ६८ जना पुरुषसहित ७३ जना, ज्यादतीका घटनामा तीन सय २९ महिला र ८४ पुरुषसहित चार सय १३ जना पीडित भएको तथ्याङ्क सार्वजनिक गरेको हो । 

इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले बुधबार पत्रकार सम्मेलन गर्दै सन् २०१९ को अवधिमा जातीय विभेदका १८, बालअधिकार ६५, बालविवाह १४, बेचविखन एक, विद्यालयमा शारीरिक दण्ड सजाय तीन, बलात्कार ३० र  यौन दुव्र्यवहारको १७ जना पीडित भएको जनाएको छ । त्यसमध्ये मानव अधिकार उल्खलनका घटनामा पाँच महिला ६८ पुरुष गरी ७३ तथा ज्यादतीका घटनाबाट तीन सय २९ महिला र ८४ पुरुष गरी चार सय १३ जना पीडित भएका जनाएको छ ।

कर्णाली प्रदेशमा महिला माथि हुने हिंसाका घटनामा संख्यामा कमी आए पनि प्रवृतिगतमा सुधार नभएको इन्सेक कर्णाली प्रदेशका संयोजक नारायण सुवेदीले बताए । ‘वर्षको तुलनामा कर्णाली प्रदेशको मानव अधिकारको अवस्थामा यस वर्ष केही हदसम्म सुधार आएको छ ।’ उनले भने, ‘अझैँ पनि सामाजिक विभेद, मानव अधिकारका क्षेत्रमा केही सुधारोन्मुखका मगर्न आवश्यक रहेको छ ।’
अहिले समाजमा पीडितहरुले न्याय नपाउने क्रम बढेको विषेश महिला तथा बालबालिका केशमा होस्ट स्टायल हुने क्रम बढेको महिला मानव अधिकार सञ्जालकी केन्द्रीय सदस्य पवित्रा शाहीले बताइन् ।

‘समाजमा मानव अधिकार उत्खनन्का धेरै खाले घटना घट्ने गरेको छन् ।’ उनले भनिन्, ‘अहिले विषेश गरेर महिला तथा बालबालिका केशमा होस्ट स्टायल हुने क्रम बढेकाले न्याय पाउन मुस्किल छ ।’ गैरसरकारी संस्था महासंघ कर्णाली प्रदेशका अध्यक्ष हरि अधिकारी र नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिका उपाध्यक्ष कमल पन्तले इन्सेकले समयानुकुल मानव अधिकारको संरक्षण सम्बद्र्धनमा खेलेको भूमिकाको चर्चा गरेका थिए । कार्यक्रममा कर्णाली प्रदेशबाट उत्कृष्ट भएकी रुकुम पश्चिमकी मनिसा केसीले मानव अधिकार संरक्षण सम्बद्र्धन तथा प्रलेखीकरणमा निभाएको भूमिकाको कदर गर्दै आफूलाई सम्मान गरेकोमा इन्सेक कर्णाली प्रदेश र केन्द्रीय कार्यालय प्रति धन्यवाद प्रकट गरिन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top