होमपेज / समाज
सिमकोट । जिल्ला सदरमुकाम सिमकोटस्थित नयाँ भैरवी दल गुल्मले फरक क्षमता भएका बालबालिकालाई स्टेशनरीका सामग्री सहयोग गरेको छ । जिल्ला सदरमुकाम सिमकोटमा रहेको हिमाली शिक्षा र विकास हेट नेपालमा आश्रित हुँदै आएका दृष्टिविहिन तथा शारीरिक अपाङ्ग बालबालिकालाई बुधबार स्टेशनरीका सामग्री सहयोग गरेको हो । हिमाली शिक्षा र विकास हेड नेपालमा आश्रित ४५ जना बालबालिकाको अध्ययनमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले नयाँ भैरवी दल गुल्मले स्टेशनरीका सामग्री सहयोग गरेको नयाँ भैरवी दल गुल्मका पुजन श्रेष्ठले बताए ।
‘नेपाली शब्दकोष किताब एकथान, अंग्रेजी नेपाली शब्दकोष एकथान, कापी ५० पिस, डट्पेन ५०, इलेजर ६०, कटर ६० पिस सहयोग गरिएको छ ।’ उनले भने, ‘गत वर्ष ४५ जना बालबालिकालाई पोशाकका सामान सहयोग गरेका थियौं ।’ नेपाली सेनाले दुई दशकदेखि महाशिवरात्रीको दिनलाई सेना दिवसका रुपमा मनाउँदै आएको नयाँ भैरवी दल गुल्मका सह सेनानी श्रेष्ठले बताए । नेपाली सेना दिवसको अवसर पारेर स्टेशनरीका सामग्री सहयोग गरेको उनले बताए । शिवरात्री तथा सेना दिसवका दिन मैत्रीपूर्ण भलिवल खेलसमेत सञ्चालन गरिने उनले बताए । रासस ।