ट्रेण्डिङ

होमपेज / समाज

७०आंै प्रजातन्त्र दिवस आज

नेपालगाथा २०७६ फाल्गुण ७ गते बुधबार १३:१९:४९ मा प्रकाशित

सुर्खेत । ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसर कर्णाली प्रदेशमा समेत विभिन्न कार्यक्रम गरि मनाइँदै छ । विसं २००७  कात्तिक २६ देखि प्रारम्भ गरिएको ऐतिहासिक जनक्रान्तिले नै १ सय ४ वर्षीय एकतन्त्रीय निरंकुश राणा शासनलाई समाप्त पारेर प्रजातन्त्रको स्थापना भएको अवसरमा हरेक वर्षको फागुन ७ गतेलाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिन्छ । प्रजातन्त्र दिवसका अवसरमा कर्णाली प्रदेश सरकार र स्थानीय तहहरुले पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेका छन् । 

प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कसुरमा दोषी ठहर भइ जेल सजाय भोगिरहेका ३ सय २९ जना कैदी जेलमुक्त हुने भएका छन् । संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम उनीहरूलाई कैदबन्दी मिनाहा गरेकी हुन् । कर्णाली प्रदेशमा रहेका प्रजातन्त्र दिवसका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक सामाजिक रुपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणको अभियानमा जुट्नु आजको आवश्यकता भएको बताए ।

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षालाई पूरा गर्न एकताबद्ध प्रयासको खाँचो औँल्याए । प्रजातन्त्र दिवशकै अवसरमा शुभकामना दिदैं कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आजको दिनले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य मान्यतालाई आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेका छन् । 

निरंकुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनैतिक स्वतन्त्रता हाँसिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रजातन्त्र दिवश मनाउने गरिएको उल्लेख गरेको प्रमुख कलौनीले शुभकामना सन्देशमा भनेका छन, ‘२००७ साल फागुन ७ देखि हालको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली स्थापनाको अवधिसम्म भएका सबै आन्दोलनका प्रतिविम्बित जनइच्छानुसार नै आज हामी गर्वका साथ संघीय सरकारसँगको सहकार्यमा यस प्रदेशलाई विकासको मूलधारमा ल्याई नेपाल सरकारको दीर्घकालीन सोच ‘समृद्ध नेपाल सुखी नेपाली’ लाई साकार पार्न अघि बढिरहेका छौं ।’  

प्रतिक्रिया

सम्बन्धित खवर

Top