ट्रेण्डिङ

होमपेज / समाज

दुर्गमका किशोरीलाई पत्रकारिता मोह

नेपालगाथा २०७६ फाल्गुण ७ गते बुधबार १३:१२:१४ मा प्रकाशित

जुम्ला । सिंजा गाउँपालिका ३ नराकोटकी राज्यलक्ष्मी हमाल पहिलेदेखि पत्रकार बन्न चाहिन्छन् । अहिले उनी रेडियो सिंजा एफएममा काम गर्छिन् । उनले रेडियोमा बोल्न थालेपछि सिंजा क्षेत्रका अन्य किशोरीहरु पनि रेडियोमा बोल्न ईच्छुक छन् । रेडियो तथा पत्रपत्रिकामा मार्फत गाउँघरका महिलाका कुरालाई वकालत गर्ने ठूलो लक्ष्य रहेको हमाल बताउँछन् । सँगै पढेकी साथी रेडियोमा बोल्न थालेपछि सिंजा क्षेत्रका किशोरीहरुको पत्रकारिता प्रति मोह बढ्दै गएको छ ।

रेडियोमा बोल्ने र पत्रिकामा समचार लेखेर महिला हिंसा, बहुविवााह बालविवाहलगायत विभिन्न क्षेत्रको सुधारमा योगदान पु¥याउने सिंजाका राज्यलक्ष्मी हमाल जस्तै सयौं किशोरीमा जाँगर पलाएको छ । पत्रकारिता सिक्ने तथा समाजका कुरितिलाई बाहिर ल्याउने सोच गरेका सिंजाका किशोरीको लक्ष्य पूरा भएको हो । क्याड नेपाल जुम्लाले सिंजाका किशोरीको माग र रुचिलाई मध्यनजर गर्दै तीनदिने आधारभूत पत्रकारिता तालिम सञ्चालन गरेको छ । सिंजा क्षेत्रमै पहिलो हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिका गरी तीन स्थानीयतहका किशोरीले पहिलो पटक पत्रकारिता तालिम पाउँदा खुशी छन् ।

महिला हिंसा, बालविवाहलगायतका बारेमा रेडियोमा कसरी बोल्ने विषयमा सिकाइएको छ । किशोरीहरुमा देखिएको पत्रकारिताप्रतिको मोहलाई क्याड नेपालले प्रथामिकता दिँदै सञ्चालन गरेको तीनदिने आधारभूत पत्रकारिता तालिमले धैरै ऊर्जा दिएको किशोरी रामदेवी बुढाले बताईन् । तीनदिने तालिममा सहभागी सिंजाका २५ जना बढी किशोरीलाई तपाईको अपेक्षा र भावी लक्ष्य भन्नुहोस्भन्दा सबैले भविष्यमा पत्रकारिता गर्न चाहेको बताए । तालिममा सहभागी किशोरीहरुको सक्रियताले रेडियोमा कार्यक्रम सञ्चालन गर्नेबारे अध्याससमेत गरेर देखाए । सिंजाका जन्मदेवी आचार्य, विष्णुमाया तिवारी, तिर्सना चौलागार्इंलगायत धेरैले अवसर पाएमा छिट्टैनै पत्रकारिता गर्ने बताए ।

सिंजा क्षेत्रको एक मात्र संचारको माध्य सिंजा रेडियोमा त्यहाँका किशोरी बोल्ने ठुलो आशा गरेका छन् । हरेक दिन महिला सम्बन्धीत कार्यक्रम र समचारलाई प्रथामिकता दिएर अघि बढ्ने समेत उनिहरुको भनाई छ । किशोरीको चाहाना अनुसार पत्रकारिता तालिम गरेका हो । क्याड नेपाल जुम्लाका शेर बहादुर रोकायाले भने, विशेषगरी बालबिवाह, छाउपडी अन्त्य, किशोरी सशंक्तीकरणका विषयमा पहिलेदेखि सिकाउदै आएका कारण पत्रकारिता माफर्त समाज रुपमान्तर गर्ने जोश किशोरी आएको रोकायाले बताए ।

आगामी दिनमा पनि क्याड नोपलले कशोरीमैत्री कार्यक्रमलाई प्रथामिकता दिएर काम गर्ने प्रतिबद्धता गरे । क्याड नेपाल जुम्लाले सिंजा क्षेत्र तीन स्थानीयतहमा विगत देखि महिला तथा किशोरी सशक्तीकरणका क्षेत्रमा उदाहरणिय काम गर्दै आएको छ । सिंजामा संचालित यूवाहरुलाई तीनदिने आधारभूत पत्रकारिता तालिमको प्रशिक्षण कारोबारकर्मी सागर परियारले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top