ट्रेण्डिङ

होमपेज / समाज

कुपोषणबाट जोगाउन किशोरीलाई आईरन चक्की

नेपालगाथा २०७६ फाल्गुण ७ गते बुधबार १३:११:१० मा प्रकाशित

जाजरकोट । किशोरीलाई कुपोषण हुनबाट जोगाउनका लागि जाजरकोटमा आइरन चक्की खुवाउने अभियान शुरु गरिएको छ । जिल्लाका सातै स्थानीय तहमा रहेका विद्यालयमा आईरन चक्की खुवाउने अभियान शुरु गरिएको हो । १० वर्षदेखि १९ वर्षसम्मका किशोरीलाई आईरन चक्की खुवाउन लागि यो अभियान शुरु भएको छ । एक वर्षमा १३ हप्तासम्म लगातार आइरन चक्की किशोरीलाई उपलव्ध गराउने उद्देश्यका साथ संघीय सरकारको विशेष अनुदानमा अभियान शुरु गरिएको नलगाड नगरपालिका स्वास्थ्य तथा सरसफाई शाखाका प्रमुख प्रचण्ड कार्कीले जानकारी दिए ।

‘विद्यालयमा आईरन चक्की खुवाउनका लागि प्रधानाध्यापक र स्वास्थ्य विषयमा पढाउने शिक्षकलाई खुवाउने विधिका विषयमा प्रशिक्षण दिईएको छ ।’ उनले भने, ‘विद्यालय आउन छुटेका वा विद्यालयमा पढाईबाट बञ्चित रहेका किशोरीका लागि महिला स्वंयम् सेविकाद्वारा घरमै आईरन चक्की खुवाउने कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।’ रक्त अल्पत्ताबाट बच्नका लागि किशोरीहरुलाई आईरन चक्की उपलव्ध गराउने काम शुरु गरिएको हो । जाजरकोटका ६६ माध्यमिक विद्यालय, ७९ आधारभूत विद्यालयमा पढ्ने किशोरीहरु समेटिएका छन् । महिनावारी हुँदा, गर्भवती हुँदा समस्या नहोस् भनेर आईरन चक्की खुवाउन थालिएको स्वास्थ्य प्रमुख कार्कीले बताए ।  

शिक्षा विकास समन्वय ईकाईका प्राविधिक सहायक तथा सूचना अधिकारी तिलक भट्टराईले दिएको जानकारी अनुसार शैक्षिक योजना तथा व्यवस्थापन प्रर्णालीमा उल्लेख तथ्यांकका आधारमा आधारभूत माध्यमिक विद्यालय तहका पढ्ने छात्राको सङ्ख्या  ८ हजार ५९१ , माध्यमिक तहका  ४ हजार ६०६  जना छात्राहरु रहेका छन् । सबै स्थानीय तहका स्वास्थ्य तथा सरसफाई शाखाले यो कार्यक्रम विद्यालय तथा गाउँ, गाउँमा लागू गरेका छन् । कुपोषणकै कारण बाल मृत्युदर बढेको भन्दै सो कार्य रोक्न समेत यो अभियानले महत्वपूर्ण भूमिका खेल्ने छेडागाड नगरपालिकाका नगरप्रमुख लालबहादुर महतराले जानकारी दिए ।

दैनिक घरायासी कामका साथै विद्यालय आएर पढ्नुपर्ने समस्याका कारण यहाँका दुर्गम क्षेत्रका किशोरीहरुमा शारीरिक समस्या देखिएको भन्दै स्थानीय सरकारले यो अभियान सञ्चालन गरेको हो । सात वटा स्थानीय तहले यो कार्यक्रम सफल बनाउका लागि शिक्षक तथा अभिभावकलाई समेत सक्रिय बनाएको छ । यो अभियानले यहाँका किशोरी तथा बालिकालाई स्वास्थ्यमा पर्ने समस्या हल गर्नका लागि ठूलो मद्दत गर्ने स्थानीय सरकारको दाबी छ ।

पाठ्यपुस्तक बिनै शैक्षिक सत्र शुरु

पाठ्यपुस्तक बिना नै डोल्पाका आठ वटा स्थानीय तहका विद्यालय सञ्चालनमा आएका छन् । नयाँ शैक्षिक सत्र फागुन १ देखि शुरु भएको छ । पाठ्यपुस्तक बिना नै विद्यालयमा भर्ना अभियान सञ्चालन भएको छ । विद्यार्थी भर्ना भएर पाठ्य पुस्तक बिनै घर फर्किएको बताएका छन्  ।

हरेक वर्ष डोल्पामा फागुनमा शैक्षिक सत्र बुरु भएर मंसिर अगावै शैक्षिक सत्र सकिन्छ । हिमाली जिल्ला भएकाले सरकारले नै फागुनमा शैक्षिक सत्र शुरु गराएको हो । जाडो महिनामा व्यापक हिउ“ पर्ने र चिसोमा पठन पाठन हुन नसक्ने भन्दै न्यानो शुरु भएपछि शैक्षिक सत्र शुरु गर्ने र जाडो शुरु नहु“दै शैक्षिक सत्र समापन गर्ने गरिन्छ ।

फागुन १ देखि विद्यार्थी विद्यालय आइरहेका छन् । भर्ना अभियान चलिरहेको छ । फागुनको पहिलो हप्तासम्म भर्ना अभियान र त्यसपछि पठनपाठन सञ्चालनको तयारी भइरहेको छ । तर पाठ्यपुस्तकको भने अत्तोपत्तो छैन ।

माथिल्लो डोल्पाका तीनसहित जिल्लाका आठ वटै स्थानीय तहमा शैक्षिक सत्र शुरु भएको छ । जिल्लामा २ नगर तथा ६ गाउ“पालिका छन् । ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिका छन् । डोल्पोवुद्ध, शे–फोक्सुण्डो, जगदुल्ला, मुड्केचुला, काइके र छार्का ताङसोङ गाउ“पालिका छन् । अरु केही हिमाली जिल्लासहित डोल्पामा पनि फागुन १ गतेदेखि नै नया“ शैक्षिक सत्र शुरु हुन्छ । ठूलीभेरी नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख डिलप्रसाद रोकायले शैक्षिक सत्र शुरु भइसकेको बताए  ।

हरेक वर्ष सरकारले पाठ्यपुस्तक र भर्ना अभियानको राष्ट्रिय अभियान वैशाख महिनालाई लक्षित गरी मात्रै तय गर्ने भएकाले समस्या भइरहेको रोकायको भनाई छ । नया“ शैक्षिक सत्र वैशाखलाई मान्ने र भर्ना अभियानको नारा र अभियान पनि वैशाख महिनालाई लक्षित गरी सञ्चालन गरिने भएकाले डोल्पालगायत फागुनमा शैक्षिक सत्र शुरु हुने जिल्लाले समस्या व्यहोरीरहेको रोकायले बताए  ।

प्रतिक्रिया

सम्बन्धित खवर

Top