होमपेज / समाज
प्रेरणाको स्रोतः काम गर्दै जाँदा होटल व्यवसाय नै मेरो प्रेरणाको स्रोत बन्यो । म १३ वर्षको उमेरदेखि भारतको एक होटलबाट काम शुरु गरेको थिएँ । १६ वर्षको हुँदा पुन नेपाल आएँ । त्यसपछि म निरन्तर होटल क्षेत्रमा नै लागेको छु । पहिला बाध्यताले म होटल क्षेत्रमा लागे । पछि यसै क्षेत्रमा काम गर्ने इच्छा जागेर यसलाई नै पेशा बनाएर अघि बढेको हुँ ।
खुशी र दुःखको क्षण
म होटल क्षेत्रमा नै रमाई रहेको छु । हाल सालै मैले कालीकोटमा तिन तारे होटलको सुरुवात गर्दैछु । सुर्खेतमा पनि होटलको सुरुवात गर्दैछौँ । काम गर्दै जाँदा सफलता हात पर्छ खुशी लाग्छ । म १२ वर्ष उमेरको हुँदा नै मैले मेरा अभिभावक गुमाउनुप¥यो । म डेढ वर्षको हुँदा मेरो आमा बित्नुभयो । १२ वर्षको हुँदा बुवा बित्नुभयो । हजुरबुवा, हजुरआमा पनि बित्नुभयो । त्यो क्षण मेरालाई दुखद् रह्यो । त्यस कारणले नै मैले १३ वर्षको उमेरदेखि भारतको होटलमा गएर भाँडा माझ्नु पर्ने अवस्था सिर्जना भयो । लक्ष्यः कर्णालीको होटल व्यवसायलाई बढाएर कर्णालीलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नु मेरो लक्ष्य हो ।
मनपर्ने ठाउँ÷गन्तव्य
समग्रमा मलाई नेपालका सबै ठाउँ मन पर्छन् । यहाँका हरेक ठाउँहरु मन पर्छन् । यसमा पनि कर्णाली मलाई विशेष मन पर्छ । यहाँका रारा, शे–फोक्सुण्डोलगायतका कर्णालीका हरेक ठाउँहरु मन पर्छन् । म हालसम्म नेपाल र भारतका विभिन्न ठाउँमा घुमेको छु । नेपालमा सबै जिल्लाहरुमा पुगेको छु । त्यहाँका हरेक ठाउँ मलाई मन पर्छन् ।
अध्ययन र मनोरञ्जन
मैले विशेष गरेर राजनीतिक शास्त्रहरु एकदमै पढ्ने गर्दछु । त्यस्तै प्रगतिशील किताबहरु, झमक घिमिरेका लेखहरु अन्य त्यस्तै खालको विभिन्न पुस्तकहरु अध्ययन गर्ने गर्छु । कर्णालीका भाकाहरुमा म रमाउने गर्छु । यहाँका देउडा भाका, लोकगित, रतेउलीमा म रमाउने गर्दछु ।