होमपेज / समाज
सल्यान । नेपाल कम्युनिष्ट पार्टी नेकपा वनगाड कुपिण्डे नगर कमिटीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । सोमबार सल्लिबजारमा नगर कमिटीलाई जिल्ला पार्टी अध्यक्ष गोविन्दकुमार पुनले सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहण कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज टेकबहादुर बस्नेतले समाजमा घुलमिल हुँदै जादा मान्छे सधँै अवसरवादी हुने गरेको ताए । ‘२००६ सालमा चार जनाले कम्युनिष्ट पार्टी स्थापना गरेको र अहिले धेरै कार्यकर्ता भएर आ–आफ्नो भावना अनुसार पद माग्नु स्वाभाविक हुन्छ ।’
उनले भने, ‘अहिले हाम्रो देशमा ८ लाख कम्युनिष्ट पार्टी सदस्य भएका छन् ।’समाजवादउन्मुख जनताको जनता मूल पार्टीको कार्यदिशा रहेको बस्नेतले बताए । सल्यान जिल्ला सहइन्चार्ज तथा प्रदेशसभा सदस्य गुलावजङ्ग शाहले संघसंगठनका जग सधै मजबुत भएमा पार्टी सधैअगाडि बढ्ने बताए । ‘कम्युनिष्ट पार्टीको विधान बमोजिम सबै सदस्यले काम गर्नुपर्छ ।’ उनले भने ।