ट्रेण्डिङ

होमपेज / समाज

देउडा भाका, लोकदोहोरी गित मन पर्छन् : हरिबहादुर भण्डारी

अध्यक्ष, गुठिचौर गाउँपालिका जुम्ला 

नेपालगाथा २०७६ फाल्गुण ६ गते मंगलबार १७:१७:४७ मा प्रकाशित

प्रेरणाको स्रोतः म कक्षा ७, ८ मा पढ्दै गर्दा चन्दन्नाथ माध्यमिक विद्यालय जुम्लामा हामीलाई अध्ययन गराउने एकजना माधव उपाध्याय ‘हरामी’ नाम गरेको शिक्षकले देशमा कम्युनिष्ट शासन आएको भए देशका गरिब दुःखी जनताले सुख पाउने थिए भनेर हामीलाई सुनाउनुभयो । त्यसपछि मलाई राजनीतिमा प्रवेश गर्ने इच्छा जाग्यो । त्यसपछि म राजनीतिमा लागे । त्यसपछि मैले २०३२ सालमा तत्कालीन माओवादी मसाल एकता केन्द्रको सदस्यता लिएर राजनीतिमा होमिए । 
खुशी र दुःखको क्षण
मैले अध्ययन गर्दै जाँदा २०३१ सालमा तत्कालीन तिव्रिकोट जिल्ला नै प्रथम भएको थिएँ । त्यो समय मलाई एकदमै खुशी लागेको थियो । म १२ वर्षको हुँदा मेरा आमाबुवा बित्नुभयो त्यो समयमा म एकदमै दुःखी भएको थिएँ । बुवाआमा बितेपछि आपूmलाई एक्लो महशुस गरेको थिए । लक्ष्यः गाउँपालिकालाई विकासको बाटोमा अघि बढाउनु नै मेरो लक्ष्य हो । यहाँका जनताका अपेक्षाहरु पूरा गरेर सुखी र समृद्ध गाउँपालिकाको रुपमा विकासको बाटोमा अघि बढाउनु नै मेरो लक्ष्य हो ।  

मनपर्ने ठाउँ÷गन्तव्य
मलाई मनपर्ने ठाउँ मेरै गाउँपालिका हो । यहाँका सबै ठाउँहरु मलाई एकदमै मन पर्छन् । त्यसमा पनि वडा नम्बर ५ मा रहेको कुम्डी गाउँ मलाई झनै मन पर्छ । हालसम्म म भारत र नेपालका विभिन्न ठाउँहरु घुमेको छु । भारतको केही क्षेत्रहरुमा पुगेको छु भने नेपालका झण्डै २० जिल्लाभन्दा धेरै स्थान घुमेको छु । सबै क्षेत्रहरु एकदमै राम्रो लाग्छ । 

अध्ययन र मनोरञ्जन
मलाई राजनीतिक किताबहरु पढ्न एकदमै मन पर्छ । त्यसमा पनि अन्तरराष्ट्रिय सम्बन्धका कुराहरु, सुशासनका कुराहरु, माक्र्सवाद, लेलिनवादजस्ता किताबहरु मैले अध्ययन गर्ने गरेको छु ।  विशेष गरेर सभा सम्मेलनमा सबै साथीहरुसँग भेट हुँदै उनीहरुसँगै बस्दा खेल्दा मलाई एमदमै रमाईलो लाग्छ । त्यो बाहेक यहाँका नागरिकको सेवा गर्दा मलाई आनन्द महशुस हुन्छ । गित, संगीतमा पनि म रमाउँछु । विशेष गरी देउडा भाका, लोकदोहोरी जस्ता गितहरु मलाई मन पर्छन् । 
प्रस्तुति ः वसन्त भण्डारी

प्रतिक्रिया

सम्बन्धित खवर

Top