ट्रेण्डिङ

होमपेज / समाज

सेनाद्वारा काँक्रेविहार सरसफाई

नेपालगाथा २०७६ फाल्गुण २ गते शुक्रबार २०:५४:३७ मा प्रकाशित

सुर्खेत, २ फागुन,
नेपाल सेनाको नयाँ सवुज गण कपासे व्यारेकले शिवरात्री तथा सेना दिवसको अवसरमा काँक्रेविहार सरसफाई गरेको छ । सेनाले शुक्रबार पर्यटकीय क्षेत्र काँक्रेविहारको वरिपरी सरसफाई गरेको हो ।
सेना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत पहिलो दिन काँक्रेविहार सरसफाई गरेको नयाँ सवुद गण कपासेले जानकारी दिइएको छ । साथै सप्ताहव्यापि कार्यक्रम अन्तर्गत ऐतिहासिक पुरातात्विक सम्पदाहरु, देउतीबज्यै मन्दिर, शिव मन्दिर, कालिका मन्दिर, गढीलगातका स्थानमा सरसफाई गर्ने जनाइएको छ । साथै सप्ताहव्यापी कार्यक्रमअन्तर्गत भलिवललगायतका अन्य विभिन्न खेल प्रतियोगिताहरु समेत हुने व्यारेकले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

Top