ट्रेण्डिङ

होमपेज / समाज

दिल्लीमा साधारण नाराले जिते केजरीवालले

नेपालगाथा २०७६ फाल्गुण १ गते बिहीबार १६:२२:५७ मा प्रकाशित

भारतको नयाँ दिल्लीमा तेस्रो कार्यकालका लागि आम आदमी पार्टीले एकमना सरकार बनाउने भएको छ । दिल्लीको विधान सभाको ७० चुनावी सिटमा भएको निर्वाचनमा आम आदमी पार्टीले ६२ सिट जितेको छ । खासमा आमआदमी पार्टीले नयाँ दिल्ली विधानसभाको निर्वाचनमा बहुमत प्राप्त गर्नुमा स्थानीय मुद्दालाई प्राथमिकता दिएको थियो ।
यसमा जित्नुका कारण के थिए ? यसको बारेमा चर्चा गर्नेछौं ।
१. राजनीतिक कारण
भारतीय जनता पार्टीले राष्ट्रिय चुनावमा प्रयोग गरेको राष्ट्रवादको नारा दिल्ली बिधानसभाको चुनावमा प्रयोग ग¥र्यो । प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले कश्मीर लगाएको धारा ३७० हटाउने, राम मन्दिर बनाउने, सर्जिकल स्ट्राइक–एयर स्ट्राइक चुनावी नारा बनाए । आम आदमी पार्टीले केवल शिक्षा, स्वास्थ्य र दैनिक जीवनमा आउने समस्यालाई चुनावी नारा बनाएर । पाँच वर्ष दिल्लीमा सरकार चलाएर गरेका कामका बारेमा चुनावी नारा बनाए । 
२. केजरीवालको अर्को विकल्पमा अरु उम्मेदवार भए सन् २०१५ भाजपाका किरण बेदीको मुख्यमन्त्रीको उम्मेदवार बनाएको थियो । त्यो बेला भाजपाले निकै ठुलो हार बेह¥र्यो । त्यस कारण  यो पटक विधानसभाको चुनावमा भाजपाले मुख्यमन्त्रीको कुनै अनुहार देखाएन् । आम आदमी उम्मेदवार अरविन्द्र केजरीवालले मुख्यमन्त्री चुनौती दिँदै, ‘भाजपाको हिक्मत भए मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर देखाउँ’ भने ।  त्यसका कारणले पनि केजरीवाल भन्दा अरु उपयुक्त उम्मेदवार अरु कोही देखेनन् ।
३. कांग्रेसले चुनाव प्रचार नै गरेन
दिल्लीको चुनावमा कांगै्रसले कुनै उम्मेदवारहरुको चुनावी प्रचार नै गरेनन् । 
४. शाहिन बाग र सीएएका दुरी
चुनावका दौरान मोदी अमित शाहले शाहिद बाग र सीएएको मुद्धा उठाए । यस विपरीत केजरीवालले यसको खुलेर विरोध पनि गरेनन् । खुलेर समर्थन पनि गरेनन् । 
विकासको मोडेल
१. निजी स्कुलको शुल्क बढाउन रोक्का
दिल्लीमा केजरीवाल सरकारले निजी विद्यालयको शुल्क रोक लगाए । त्यसका विरुद्ध निजी विद्यालयहरु उच्च अदालतमा गए । त्यहाँको उच्च अदालतले निजी विद्यालय हालेको रिट खारेज गरिदियो । सरकारी विद्यालय बढवा दिए ।
२. सरकारी स्कुलको सुधार एकातर्फ सरकारी विद्यालयको शुल्क बढाउन रोक्का लगाएको केजरीवाल सरकारले निजी विद्यालयको सुधारमा लागि ठूलो रकम खर्च गरे । शिक्षामा खर्च हुने ६ हजार ६ सय करोड रुपैयाँलाई बढाएर १५,६०० करोड रुपैयाँ बनाए । त्यहाँका नागरिकहरुले निजी विद्यालयमा राखेका आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा भर्ना गर्न थाले । दिल्लीमा दुई सय सरकारी विद्यालयमा २० हजार नयाँ कक्षा खोलिए । 
३. स्वास्थ्यमा क्षेत्रमा सुधार
जनताको स्वास्थ्यमा पहुँच नाराका साथ सर्वसुलभ स्वास्थ्यमा जनताको पहुँच पु¥याउनका लागि केजरीवाल सरकारले चार सय बढी स्वास्थ्य क्लिनिक खोले । यी क्लिनिकहरुमा स्वास्थ्य जाँच गरिनुका साथै निःशुल्क औषधि वितरण गर्न थाले । यसको संयुक्त राष्ट्र संघको महासचिवले कोफी अन्नानसमेतले पं्रसशा गरेका थिए । 
४. गरिवलाई निःशुल्क बिजुली
केजरीवाल सरकारले दुई सय युनिट बिजुली बाल्नेलाई निःशुल्क गरिदिए । भावी दिनमा चार सय युनिटसम्म विद्युत बाल्नेलाई निःशुल्क गर्ने बाचा केजरीवाल सरकारले ग¥र्यो । 
यसबाट दिल्लीमा रहेका ४० लाख मानिसलाई फाइदा पुग्यो । त्योसँगै हरेक महिना २० हजार लिटर पानी निःशुल्क दिने घोषणा गरे । यसले १४ लाख मानिसलाई प्रत्यक्ष लाभ लिए । 
५. महिला सुरक्षा 
महिलाको सुरक्षाका लागि दिल्लीमा १.४ लाख सिसिटिभी क्यामरा जडान गरे । सडकमा २ लाख बत्ति जडान गरिए ।
दैनिक भाष्कर अनलाइनको सहयोगमा (रमेश रावल) 

प्रतिक्रिया

सम्बन्धित खवर

Top