ट्रेण्डिङ

होमपेज / समाज

सल्यानमा सेनाको गाडी दुर्घटना हुँदा एकको मृत्यु

नेपालगाथा २०७६ फाल्गुण १ गते बिहीबार १३:५७:२९ मा प्रकाशित

सुर्खेत । नेपाली सेनाको गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सल्यानबाट दाङतर्फ आउँदै गरेको सपुत गण व्यारेकको लु १ ग १२३ नम्वरको गाडी सल्यान कपुरकोट गाउँपालिका–३ चोरखोलामा दुर्घटना भएको हो । नेपाली सेनाको ट्रक पल्टँदा सल्यानमा एक सैनिकको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । हतियार तथा वन्दोवस्तीका सामान लिएर सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको लु १ ब १२३ नम्बरको ट्रक सल्यानको कपुरकोट नजिकै दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी नेपाली सेनाका जमदार यादवप्रसाद खरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरुलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि ल्याइएको छ । प्रहरीका अनुसार सेनाको उक्त ट्रक सडकदेखि झण्डै तीन सय फिट तल खोल्सामा खसेको छ । दुर्घटनामा परी जयप्रसाद बोहरा, विशाल गुरुङ, विपिन श्रेष्ठ, मोहनलाल थापा रोशन हिटन र ईश्वर सिलवाल घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

Top