होमपेज / समाज
चीनको वुहानमा फैलिएको कोरोना संक्रमणको कारण नेपालमा पनि मास्क र स्यानिटाइजरको कृत्रिम अभाव शुरु भएको छ । ल्ढछ लगायतका सुरक्षित मास्क व्यापक रुपमा निर्यात भइरहेको छ । त्यतिमात्र हैन, औषधि पसलबाट बिक्री गरिने सर्जिकल मास्क जुन मास्कले कोरोना भाइरस सर्नबाट खासै बचाउँदैन । शल्यक्रिया गर्दा चिकित्सकको नाक र मुखबाट थुक, छिटा आदि नआओस् भनेर लगाइन्छ । चिनियाँ, चीनमा सप्लाई गर्ने व्यक्तिहरुले ठूलो मात्रामा सर्जिकल मास्क किनिरहेका छन् । ह्याण्ड स्यानिटाइजर पनि ठूलो मात्रामा किनबेच भइरहेको छ । कालोबजारी गर्नेहरुले मास्क तथा ह्याण्ड स्यानिटाइजर स्टोर गर्न थालेका छन् ।
बुझ्नुपर्ने कुरा के छ भने नेपालमा कोरोना संक्रमण देखिएको छैन, एकाध केस बाहेक एक महिनाभित्र कोरोना भाइरस नियन्त्रणमा आउने चीनले विश्वास लिएको छ । सर्जिकल मास्कले कोरोना भाइरसलाई फिल्टर गर्न सक्दैन, तसर्थ यी सामानको जोहो गर्नु जरुरी छैन । मानौं, कोरोना भाइरस देखियो रे ! त्यस अवस्थामा हामीसँग निकै भरपर्दा उपाय छन् । कपडा सिलाएर बनाएका मास्क सर्जिकल मास्कभन्दा धेरै प्रभावकारी हुन्छन् । ह्याण्ड स्यानिटाइजरभन्दा स्पिरिट स्वाब, अल्कोहलिक स्वाब धेरै प्रभावकारी छन् । यी सस्ता पनि छन् । साबुन पानी, खरानी पानी पनि विकल्प छन् । तसर्थ अनावश्यक संग्रह नगरौं ! फार्मेसीले पनि आवश्यक मात्रामा बिक्री गरौं, निरन्तर उपलब्ध गराउन तद्नुसार खरिद बिक्री गरौं ।